नायिका निशा अधिकारीको दिलको राजकुमार थिए पत्रकार प्रदिप भट्र्राई

२३ चैत्र २०६९, शुक्रबार ०३:३७ मा प्रकाशित

काठमाडौं। नायिका निशा अधिकारीको प्रेम कहानी सार्वजनिक भएको छ। निशाले सिनेमा समीक्षक डाक्टर प्रदिप भट्टराइलाई पेन्सिलले लभलेटर लेखेको रहस्य कु्रा चैत १५ गते विहीबार बाहिर आएको हो। सगरमाथा चढ्न लागेकी निशालाई शुभकामना दिन पुगेका भट्टराइले निशासँगको प्रेम रहस्य चुहाएका हुन्। निशाले लेखेको प्रेमपत्र आफ्नो साथमा अझै भएको भन्दै उनले उक्त पत्रलाई लेमिनेशन गरेर सजाउने घोषणा पनि गरे। यसै कार्यक्रमबीच शुभकामना दिदै गर्दा भट्टराइले आफ्नो जीवन कहानी सुनाएका थिए। उनको कुरा सुनेर नायिका अधिकारी भावुक भएकी थिइन्। निशाको आँखा आँशुले भरिएर आएको थियो। प्रदिपले आफ्नो पत्रकारिता जीवन र तलब नपाउँदाको पीडा उक्त समारोहमा पोखेका थिए। कुनै समय निक्कै मायाँ गरेको र मन पराएको व्यक्तिको पीडा सुनेर निशा भावुक बनेको कु्रा उनको अनुहारबाट झल्किन्थ्यो। प्रदिपले निशालाई जीवनमा अगाडि बढ्न अपनाउनुपर्ने उपायहरूको बारेमा बताएका थिए। उनले निशालाई साहसी भएर सगरमाथा चढ्न शुभकामना पनि दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप

काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने भएकी छन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित

काठमाडौं । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने