हङकङको साहित्यिक श्रृंखला भव्य रुपमा सम्पन्न

२३ चैत्र २०६९, शुक्रबार ०३:२९ मा प्रकाशित

हङकङ । नेपाली वाङ्मय उत्थानको खातिर लागीपर्ने हङकङका नेपालीहरुको “साझा साहित्यिक श्रृंखला” को एघारौं कार्यशाला गोष्टी कवि चन्द्र मादेन आन्छन् ज्युको संयोजकत्वमा स्थानिय जोर्डन स्थित नेपाली महासंघको कार्यालयमा सम्पन्न भएको छ ।

विगत झैं प्रत्यक महिनाको अन्तिम आइतबार नियमित हुने श्रृंखलामा साहित्यप्रेमीहरुको बाक्लो उपस्थितिका बावजुत देशप्रेम, जिवन जगत, श्रृंगार रस आदिका कविता सुनाउनुहुने श्रष्टाहरु एघारजना हुनुहुन्थ्यो ।

उक्त साहित्यिक श्रृंखलामा आफ्ना सृजना वाचन गर्ने कविकवियत्रीहरु क्रमश: बल्लभ रोका, त्रिभुवन लङफुङवा, पुर्णिमा साह, विष्णु इङनाम, हस्त लिवाङ, बिमल राई, टोप बहादुर याख्खा, विष्णुनन्द चाम्लिङ, डि बि पालुङवा, कमान ध्वज लावती र चन्द्र मादेन आन्छन् हुनुहुन्थ्यो । त्यस्तै प्रदिप कंन्दङवा किन्दर राई र युवा पत्रकार सन्तोष विश्वास तामाङबाट समिक्षात्मक टिप्पणी भएको थियो ।

विगत पाँच वर्षदेखि हङकङको जन जिवनलाई वृत्त चित्र मार्फत जनसमक्ष ल्याउने हेतुले सकृय भएर लाग्नु भएका निर्देशक एवं फोटोग्राफर हिम थापाद्वारा कार्यक्रमको दृष्यहरु छायांकन गरिएको थियो । अन्य कविहरु प्रकाश छाङ्छा, सुरेश सुब्बा, मिन गुरुङको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि