भारतको गुजरात शहरमा एकै परिवारका तीन नेपालीद्वारा आत्मदाह

२३ चैत्र २०६९, शुक्रबार ०३:१२ मा प्रकाशित

काठमाडौ, २३ चैत । मित्र राष्ट्र भारतको भारतको गुजरात शहरमा एकै परिवारका तीन नेपालीले आत्मदाह गरेका छन् । भारतीय संचार माध्यमहरुका अनुसार बुधबार दिउँसो राजकोट महानगरपालिका कर्पोरेशन परिसरमा अछाम स्थायी घर भएका एकै घरका तीन नेपालीले आत्मदाह थिए । संचार माध्यमहरुका अनुसार आत्मदाहको क्रममा मृत्य नभएका एकै परिवारका दुई सदस्यको अवस्था गम्भीर रहेको छ । संचार माध्यमहरुका अनुसार पश्चिम नेपालको अछाम जिल्लाका गिरिश विश्वकर्मा र आशादेवी विश्वकर्माको आत्मदाहको क्रममा मृत्यु भएको छ । आत्मदाह गर्नेहरु मित्र राष्ट्र भारतको गुजरातस्थित राजकोट महानगरपालिका गान्धीग्रामको छोटुनगरमा बसोबाश गर्दै आएका थिए । उनीहरुको स्थानीय दिनदयाल अस्पतालमा उपचार भइरहेको छ । आत्मदाह प्रयास गरेकी कान्तादेवी र गौरादेवीलाई स्थानीयले शरीरमा आगो लगाउने क्रममा बचाएका बताइएको छ। महानगरपालिकाले उनीहरु बस्दै आएको ठाउँलाई खाली गराउन  मानसिक दवाव दिएपछि विश्वकर्मा परिवारले आत्मदाह गरेको स्थानिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा