चुनावको मिति तोके वैद्य पक्ष सहमतिमा आउने बोगटीको दाबी

२१ चैत्र २०६९, बुधबार १७:३० मा प्रकाशित

काठमाडौ, २१ चैत । संविधानसभाबाट संविधान नबनाई सभा विघटनमा अहम् भूमिका निर्वाह गरेको पार्टी एमाओवादीका महासचिव पोष्टबहादुर बोगटीले पूर्वसहमति अनुसार असारको पहिलो साताभित्र संविधानसभाको निर्वाचन नभए आफ्नो पार्टी आन्दोलनमा जाने चेतावनी दिएका छन् । आफ्ना अध्यक्ष प्रचण्डले अब असारमा निर्वाचन सम्भव नभएकोले मंसिरका लागि तयारी गर्नुपर्ने भनी अस्ति मात्रै दिएको अभिव्यक्तिबारे जानकार नभएझैँ गरी वोगटीले असारको पहिलो साताभित्र निर्वाचन घोषणा गर्ने गरी तत्काल मिति घोषणा नगरे आन्दोलन गर्ने बताए । 
राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भने– ‘मन्त्रीपरिषद र निर्वाचन आयोगका पदाधिकारीहरुले असारभित्रै निर्वाचन गर्ने मनस्थितिका साथ सफथ खाएका थिए, तर अहिले उनीहरु अल्मलिएका छन् । त्यसले हामिलाई आशंका सहित गंभीर बनाएको छ । निर्वाचन आयोगले अहिले जिब्रो जपाएर बोल्नु हुँदैन । हामीले मन्त्री परिषदका अध्यक्षलाई भेटेर असारमा निर्वाचन नभए आन्दोलनमा जाने चेतावनी दिईसकेका छौँ ।’
निर्वाचनको मिति तोकेपछि मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा–माओवादी पनि सहमतिमा आउने दाबी उनले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २०