ड्यास माओवादीले ३२ थान हतियार राखेको खुलासा

२१ चैत्र २०६९, बुधबार १७:२५ मा प्रकाशित

काठमाडौं, २१ चैत । नेताको सुरक्षाको लागि भन्दै नेकपा–माओवादीले ३२ नाल हतियार शिवीरबाहिर राखेको सेना समायोजन विशेष समितिका सदस्य भीम रावलले खुलासा गरेका छन् । त्यसरी राखिएका हतियार तत्काल फिर्ता गर्न विशेष समितिले माओवादी पार्टीलाई समयसीमा नै तोकेर आह्वान गरेको रावलले जानकारी दिए ।
बुधबार बसेको सेना समायोजन विशेष समितिको बैठकले बैशाख मसान्तसम्म ती हतियार नबुझाए गैरकानूनी रुपमा हतियार राखेको कानून अनुसार कारवाही गर्न सरकारलाई सिफारिस गर्ने निर्ण गरिएको रावलले सञ्चारकर्मीहरुसँग बताए ।
बैठकले समायोजनको प्रक्रियालाई अघि बढाउन नेपाली सेनाको महानिर्देशनलाई निर्देशन दिने निर्णय पनि गरेको छ । यस्तै बैठकमा तालिम गर्न नसक्ने लडाकुहरुलाई कसरी निकास दिने भन्ने विषयमा छलफल भए पनि पर्सी शुक्रबार बस्ने बैठकले त्यसमा ठोस निर्णय गर्ने रावलले जानकारी दिए । अहिले १४ सय ४२ लडाकुले तालिम लिइरहेकोमा केहीले तालिम गर्न नसकी छाड्ने चाहना ब्यक्त गरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट