प्राचीन बुद्धको मूर्ति तस्करी हुनबाट जोगियो

२१ चैत्र २०६९, बुधबार १६:५५ मा प्रकाशित

काठमाडौं, २१ चैत । अवैध रुपमा पुराना मुर्तीको कारोबार गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करी गर्न लागिएका प्राचीन बुद्धको मुर्तीसहित दैलेख सल्लेरी–४ का प्रेमबहादुर कटुवाल र जाजरकोट पुन्मा–७ निवासी गोविन्दबहादुर चन्दलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
पुराना मुर्तीहरुको अवैध बिक्री–बितरण हुनलागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बाँके कोहलपुर–४ चप्परगौडीबाट ११ किलो ३ सय ८० ग्रामको प्राचिन बुद्धको मुर्ती १ थान र भे.३ प ८०८२ र भे .३ प ३३ नम्वरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी, लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले भारत पुर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौलथाना नागारोड घर बताउने ५५ बर्षीय राजु अहिर यादवलाई चैत १६ गते कलंकी स्थित त्रिशुल आयल स्टोर अगाडीबाट अवैध लागू औषध खैरो हेरोइन १ सय ५२ ग्राम सहित पक्राउ गरेको छ भने सिन्धुपाल्चोक जिल्ला साँगाचोक–४ घर बताउने २२ बर्षीया लक्ष्मी के.सी., धादिङ बेनीघाट –८ घर बताउने ५० बर्षीया सीता भन्ने धनमाया नहर्की र काठमाडौँ मुलपानी–९ घर बताउने ५३ बर्षीया नानु फुयाललाई विभिन्न प्रकारका लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४