विद्यालयको भ्रष्टाचारका कारण अभिभावकहरू चिन्तित

२१ चैत्र २०६९, बुधबार १५:३३ मा प्रकाशित

सरद अधिकारी, धादिङ, २१ चैत । राजनीतीकरणले ग्रस्त धादिङका सामुदायिक शिक्षालयहरूमा भ्रष्टाचार पनि मौलाएकोमा अभिभावकहरू चिन्तित बनेका छन् । जिल्लाका केही विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक मिलेर भ्रष्टाचार गर्ने गरेको समाचार सार्वजनिक भइरहेका बेला कल्लेरी माध्यमिक विद्यालय कल्लेरी पनि भ्रष्टाचार भएको समाचार प्राप्त भएको छ । समाचारअनुसार उक्त माविमा करिब अठार वर्ष व्यवस्थापन समितिको अध्यक्ष रहेका विष्णुप्रसाद अधिकारी र तत्कालिक प्रधानाध्यापक प्रकाश अर्यालको मिलेमतोबाट आन्तरिक स्रोतको तीन लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार भएको तथा हालै सार्वजनिक भएको छ । 
व्यवस्थापन समितिको अध्यक्ष हुन कम्तीमा एसएलसी उत्तीर्ण हुनुपर्ने र आफ्ना छोराछोरीलाई सम्बन्धित विद्यालयमा पढाएको हुनुपर्ने अनिवार्य व्यवस्था हुँदाहुँदै पनि राजनीतिक आडभरोसामा करिब दुई दशकदेखि अध्यक्ष रहँदै आएका विष्णुप्रसाद अधिकारीविरुद्ध उजुरी परेपछि अभिभावकहरूले सङ्घर्ष गरेर उनलाई विस्थापित गरी पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरका नातेदार सूर्यमान शाक्यलाई अध्यक्ष चयन गरेका छन् । शाक्य अध्यक्ष भएलगत्तै प्रधानाध्यापक रहेका प्रकाश अर्याललाई प्राथमिक शिक्षकको दरबन्दीमा सीमित गरी धु्रव खतिवडालाई प्रधानाध्यापक चयन गरिएको छ । नयाँ व्यवस्थापन समिति बनेपछि विद्यालयको आन्तरिक स्रोतबाट जम्मा हुन आएको रकममा तीन लाख ७६ हजार रुपैयाँ हिनामिना भएको तथ्य फेलापरेको छ । गाविस र अन्य स्रोतबाट प्राप्त रकममा के–कति भ्रष्टाचार भएको छ सो सम्बन्धमा भने अहिलेसम्म खोजबिन गरिएको छैन । विगत तीन वर्षदेखि अडिट नहुनुले पनि विद्यालयमा ठूलै भ्रष्टाचार भएको आशङ्का पैदा गराएको छ ।
झन्डै दुई दशक अध्यक्ष रहेका विष्णुप्रसाद अधिकारी नयाँ व्यवस्थापन समितिमा सदस्यका रूपमा झुन्डिनुले पनि थप सन्देह उत्पन्न गरेको छ । विगतमा आफूबाट भएका भ्रष्टाचारमा छानबिन हुन नदिन अधिकारी त्यसरी सदस्यमा बसेको अनुमान स्थानीय बासिन्दाले गरेका छन् । अहिले करिब दुई करोड रुपैयाँको लगानीमा विद्यालय भवन बन्न लागेको छ, त्यसमा झनै ठूलो घोटाला हुनसक्ने चिन्ता स्थानीय अभिभावकहरूमा देखिएको छ । विद्यालयमा भएको भ्रष्टाचारबारे निवर्तमान प्रधानाध्यापक प्रकाश अर्यालसँग सम्पर्क गर्दा उनले भने– ‘रकम बेरुजु देखिएको छ र यस विषयमा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । हामीले चैत २५ गते ‘अडिट’ बोलाएका छौँ, त्यसपछि वास्तविकता अझै स्पष्ट हुनेछ । यदि मलेपले पनि बेरुजु प्रमाणित ग¥यो भने तात्कालिक प्रधानाध्यापकका रूपमा जिम्मेवारी मैले लिनैपर्छ । मैले क्षतिपूर्ति तिर्न तयार रहेको प्रतिबद्धता जनाइसकेको छु ।’
स्मरणीय छ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू एउटै राजनीतिक दलमा आबद्ध व्यक्तिहरू मात्र रहेका छन् । काङ्गे्रस र माओवादी समर्थित अभिभावकका सन्तानसमेत उक्त विद्यालयमा अध्ययनरत भए पनि उल्लिखित दुई पार्टीसम्बद्ध कसैलाई पनि व्यवस्थापन समितिमा प्रतिनिधित्व गराइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज (बिहीबार) बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मत कटाएका छन् । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर