बिद्युत चोरी गर्ने १८ जना पक्राउ, आवश्यक कारवाही गरिने

२१ चैत्र २०६८, मंगलवार ११:५० मा प्रकाशित

नवलपरासी, २१ चैत । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले बिद्युत चोरी गर्ने १८ जनालाई आज बिहानै नियन्त्रणमा लिएको छ । बिद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राधिकरणको संयुक्त टोलीले ्उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहान ४ बजे जाँचमा जाँदा चितवनको भरतपुर नगरपालीका १ रामनगर, ५, ६ र १३ बाट उनीहरु पक्राउ परेको प्राधिकरण भरतपुरका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो । पक्राउ परेको सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । उनीहरुलाई कारबाहीस्वरुप आवश्यक जरिवाना तिरेपछि मुक्त गरीने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले विद्युत चुहावट रोक्नका लागि अभियान चलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको