‘प्रतिरोधी सङ्घर्ष’को योजना बुन्दै माओवादी

२१ चैत्र २०६९, बुधबार ०९:५८ मा प्रकाशित

काठमाडौं, २१ चैत । रेग्मी सरकार विस्थापनको माग गर्दै नेकपा–माओवादीलगायत ३३ दलले मंगलबार सिंहदरबार घेराउ गरे । उनीहरूले चैत २५ गते नेपाल बन्दको कार्यक्रम राखेका छन् । चैत २१ गते राजधानीसमेत देशका प्रमुख सहरहरूमा कालोझण्डासहित मोटरसाइकल ¥याली, २२ गते कोणसभाहरू गर्ने, २३ र २४ गते नेपाल बन्दको प्रचारप्रसार गर्ने कार्यक्रम उनीहरूले तर्जुमा गरेका छन् । माओवादीले वर्तमान सरकारले गराएको निर्वाचन कुनै हालतमा पनि स्वीकार नगर्ने र बलजफ्ती निर्वाचन गराउन खोजिए ‘प्रतिरोधी’ सङ्घर्ष गर्ने योजना बनाएको छ । उनीहरूले मतदाता नामावली सङ्कलमा अवरोध पुर्याउँदै आएकोमा यसै सातादेखि उक्त कार्यलाई थप प्रभावकारी (विध्वंसक) बनाउने योजना बनाएका थिए । तर, आयोगले तत्कालका लागि नामावली सङ्कलनार्थ टोली खटाउने कार्य नै बन्द गरेपछि माओवादीको योजना तुहिएको छ । स्मरणीय छ, माओवादीले चुनावमा भाग नलिने या बहिष्कार गर्ने आधिकारिक निर्णय अहिलेसम्म गरेको छैन । उनीहरूले चुनाव गराउन सर्वपक्षीय सम्मेलनद्वारा सहमतिको सरकार गठन हुनुपर्ने, निश्चित एजेण्डासहित संविधानसभाको निर्वाचन गराइनुपर्ने र वर्तमान सरकार विस्थापित हुनुपर्नेजस्ता सर्त अघि सारेका छन् । तर, यी कुनै पनि सर्त तत्काल पुरा हुन असम्भव छ । त्यसैले अन्ततः माओवादीलगायतका दलहरू चुनाव बिथोल्नमै केन्द्रित हुने प्रबल सम्भावना छ । माओवादीको एक नेताले जनाएअनुसार चुनाव बहिष्कारलाई नै प्रतिरोधी सङ्घर्षका रूपमा विकास गरिनेछ । माओवादीले आफ्नो सङ्घर्षलाई ‘राष्ट्रवादी’ विशेषण दिएको छ र उनीहरूले सङ्घर्षमा ‘राष्ट्रवादी’हरूको पूर्ण साथ रहने दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस