अकुत सम्पत्ति कमाउनेमा हिसिला अगाडि, राष्ट्रबैंकको छानबिन अन्तिम चरणमा

२१ चैत्र २०६९, बुधबार ०८:३२ मा प्रकाशित

काठमाडौं, २१ चैत । नेताहरुको अकुत सम्पत्ति छानबीन गर्न थालेको नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले मूलधारका नेताहरुमध्ये अधिकांश छानबीनको दायरामा पर्न सक्ने प्रारम्भिक प्रतिवेदन तयार गरेको बुझिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार यतिखेर सबैभन्दा धेरै शंकाको घेरामा माओवादी नेतृ तथा पूर्वप्रधानमन्धी बाबुराम भट्टराइकी श्रीमती हिसिला यमी देखिएकी छिन् । यतिखेर इकाले यमी संलग्न कारोबार र बैंक खाता तथा उनी निकट नातेदार र कार्यकर्ताको पहिचान गरिसेको छ । त्यसैगरी एमाओवादीकै कृष्णबहादुर महरा पनि विगतको अन्तर्राष्ट्रिय वित्तीय चलखेलबाट प्राप्त करोडमा तानिएका छन् । पूर्व अर्थमन्त्री वर्षमान पुन र सञ्चारमन्त्री यादव पनि शंकाको घेरामा परेकाले प्रारम्भीक छानबीनबाट केही प्रमाण जुटेको बताइएको छ । यसअघिको मन्त्रीमण्डमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका विजय गच्छदारको अकुत सम्पत्तिको स्रोत नखुलेकोले उनी पनि राष्ट्रबैंकको छानबीनबाट पुष्टीको अवस्थामा पुगेका छन् ।
स्रोत भन्छ– एमालेमा पनि स्रोत नखुलेको आर्जनका कारण शंककाको घेरामा तानिएका दर्जनौं नेताहरुले यतिखेर गभर्नर युवराज खतिवडाको सहारा खोजिरहेका छन् । गभर्नर नियुक्त गर्ने पार्टी महासचिव ईश्वर पोखरेल नै उक्त इकाइको छानबीनमा तानिएको बुझिएको छ । त्यसैगरी पूर्व सभामुख सुवास नेम्वांग पनि अन्तर्राष्ट्रिय मिसनले उपलब्ध गराएको ठूलो धनराशीमा रमाएका कारण वित्तीय जानकारी इकाइले छानबीन गरेको हो । एमाले नेताहरुमध्ये शंकाको पहिलो घेरामा क्रमशः भीम आचार्य, बामदेव गौतमहरु रहेको बुझिएको छ ।
नेपाली काँग्रेसका केही नेता पनि वित्तीय जानकारी इकाइको छानबीनमा परेका उच्च स्रोतले बताएको छ । छानबीन प्रारम्भ नभइसकेकोले कांग्रेसी नेताहरुको नाम भने सार्वजनिक गर्न नमिल्ने बैंककका एकजना वरिष्ठ अधिकृतले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक