उत्तर कोरिया उग्र बनेपछि मित्रराष्ट्रको पक्षमा अमेरिकाले दियो चेतावनी

२१ चैत्र २०६९, बुधबार ०८:१६ मा प्रकाशित

एजेन्सी । कोरियाली मामलामा तनाव बढेपछि अमेरिकाले उत्तर कोरियाका तर्फबाट कुनै खतरा पैदा हुन लागेमा जस्तोसुकै हालतमा पनि आफू र आफ्ना सहयोगी देशहरु दक्षिण कोरिया र जापानको रक्षार्थ खडा हुने जनाएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले दक्षिण कोरियाली विदेशमन्त्री युन ब्युङ्गसँगको कुराकानीमा उक्त अमेरिकी धारणा सार्वजनिक गरेका हुन् । 
गत फेव्रुअरीमा तेस्रोपटक परमाणु परीक्षण गरेपछि उत्तर कोरियाका तर्फबाट उठाइएका कतिपय कदमले कोरियाली प्रायद्वीपमा लगातार तनाव बढाउने काम गरिरहेको छ । खासगरी उत्तर कोरिया आफ्नो परमाणु परीक्षणपछि आफूमाथि संयुक्त राष्ट्रसंघबाट लागेको प्रतिबन्ध तथा अमेरिका र दक्षिण कोरियाबीचको साझा सैन्य अभ्यासबाट विक्षुब्ध बन्दैआउको विश्लेषण गरिन्छ ।
अमेरिकी विदेशमन्त्री केरीले उत्तर कोरियाका तर्फबाट दिइएका उत्तेजक अभिव्यक्तिहरु स्वीकारयोग्य नभएको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाली नेता किम जोङ्गका बोली र व्यवहार अत्यन्त भडकावपूर्ण रहेको तर्फ संकेत गर्दै विदेशमन्त्री केरीले यस्तै रवैया कायम रहे अमेरिकाले आफू र आफ्ना मित्रराष्ट्रहरुलाई सघाउन कस्तो कदम चाल्न सक्छ भन्नृे किमलाई हेक्का हुनैपर्ने अर्थपूर्ण र सांकेतिक अभिव्यक्ति दिएका छन् ।
यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि उक्त क्षेत्रमा दुईवटा मिसाइल विनासक तैनाथ गरिएको जनाउँदै आफ्ना सहयोगी एवम् आफ्नो क्षेत्रमा खतरा पैदा भए मिसाइलमार्फत प्रतिरोध गरिने प्रतिक्रिया दिएको थियो । गत साता उत्तर कोरियाले आफ्नो मुख्य परमाणु परिसर योङ व्योङमा परमाणु कार्यक्रम फेरि सुरु गरिने जनाएको थियो । अमेरिकाले उत्तर कोरियाको यस कदमप्रति चासो र चिन्ता जनाएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
विश्वस्तरको एक सम्झौताअन्तर्गत उत्तर कोरियाले उक्त परमाणु परिसरमा काम बन्द गरेको थियो तर अचानक सम्झौता उल्लंघन गर्दै परमाणु योजना अघि बढाउन लागेपछि तनाव बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको