आमाको हत्यामा नाबालक छोरा नै संलग्न

२१ चैत्र २०६९, बुधबार ०७:४६ मा प्रकाशित

काठमाडौं, २१ चैत । गता आइतबार घरको भर्याङबाट लडेर मृत्यु भएकी भनिएको भक्तपुर दुवाकोटकी एक महिलाको मृत्युको कारण दुर्घटना नभई उनकै श्रीमान र नाबालक छोरा मिलेर हत्या गरिएको खुलासा भएको छ । दुवाकोटकी ३२ वर्षिया शारदा कार्कीलाई उनका लोग्ने विशुराम कार्कीको सुनियोजित योजनाअनुसार हत्या भएको प्रहरी अनुसन्धानबाट देखिएको हो । 
मृतक कार्कीको उनका पतिबाटै हत्या भएको किटानी जाहेरी माइती पक्षले गरे पनि विश्वास गरिएको थिएन, तर पोस्टमार्टम रिपोर्टमा हत्या भएको संकेत मिलेपछि प्रहरीले फरक कोणबाट अनुसन्धान बढाएको थियो । शारदा हत्याको अभियोगमा लोग्ने विसुराम र १५ वर्षिय छोरा सिद्धार्थलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सिद्धार्थले हत्या अभियोग स्वीकार गरिसकेका छन् । सिद्धार्थलाई उद्धृत गर्दै प्रहरीले जानकारी गराएअनुसार आइतबार राती सुत्ने कोठामै विसुरामले टाईले घाँटी अँठ्याएर शारदाको हत्या गरेका थिए । सो क्रममा बाबुले अराएबमोजिम छोरा सिद्धार्थले आमाको मुख थुन्न सघाएका थिए । प्रहरी अनुसन्धानबाट वसुराम र शारदाबीच लामो समयदेखि घरझगडा चल्दै आएको थियो ।
भक्तपुर जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत कर्मचारी विसुरामले पत्नीको हत्या गरेपछि पिसाब फेर्न जाने क्रममा आफ्नै घरको भर्‍याङबाट अचानक लडेर मृत्यु भएको भन्दै ससुराली पक्ष र टोलछिमेकलाई खबर गरेका थिए । तर दुई तले माटोको घरको भर्‍याङबाट लडेर मृत्यु हुन नसक्ने भन्दै माइती पक्षले अनुसन्धान गरी तथ्य पत्ता लगाउन प्रहरीको माथिल्लो निकायसम्म हारगुहार गरेका थिए ।
काठमाडौं आलापोट माइती भएकी शारदाको विशुरामसँग १७ वर्षअघि विवाह भएको थियो । शारदालाई तेस्री पत्नीका रुपमा विसुरामले घर भित्र्याएको निकै पछि मात्र थाहा भएको माइती पक्षले जनाएको छ । यसरी झुक्याएर विवाह गरेको रहश्योद्घाटन भएदेखि नै विसुराम र शारदाबीच खटपट चल्दै आएको अनुसान्धानले खुलाएको भए पनि आफ्नै आमाको हत्यामा नाबालक छोरासमेत किन अग्रसर देखियो भन्ने बारेमा खुल्न नसकेको प्रहरी स्रोतको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी