पत्रकार कुटपिटबारे अध्ययन गर्न समिति गठन

२१ चैत्र २०६८, मंगलवार ११:३४ मा प्रकाशित

पोखरा, २१ चैत । पोखरामा रहेको सामुदायिक रेडियो गण्डकी तथा गण्डकी टेलिभिजनका सम्बाददाता हरिबहादुर भुजेललाई  प्रहरीले गरेको कुटपिटबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले ४ सदस्सीय छानबिन समिति गठन गरेको छ । गएको चैत १८ मा पोखराको नदिपुरमा माईक्रोबसको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएपछि मृतका आफन्तले पोखराको विभिन्न स्थानमा गरेको विरोध प्रदर्शन र तोडफोडको समाचार संकलन गर्ने क्रममा पत्रकार भुजेलमाथि प्रहरीले कुटपिट गरेको थियो । प्रहरीले क्यामेरा,डायरी लगायतका सामाग्री खोसेर दुब्र्यवहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी निरिक्षक रविन्द्र पौडेलको संयोजकत्वमा ४ सदस्सीय छानविन समिति गठन गरेको कास्की प्रहरी प्रमुख यादवराज खनालले जानकरी दिनुभयो । समितिलाई एक साता भित्र घटनाको यथार्थ बुझेर प्रतिवेदन बुक्राउन निर्देशन दिईएको छ । प्रहरीको लाठि प्रहारबाट पत्रकार भुजेलको देब्रे काँध,खुट्टा र हातमा चेट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी