नेपालकी छोरी फुर्वा लामा मिस फ्रुट बेल्जियमको फाईनलमा

२१ चैत्र २०६९, बुधबार ०६:२४ मा प्रकाशित

केजिन राई, ब्रसेल्स बेल्जियम । नेपाल र नेपाली कै गौरब बढाउदै प्रतिभाशाली नेपालकी छोरी फुर्वा लामा ¨मिस फ्रुट बेल्जियम २०१३ ¨ को फाईनलमा चरणको प्रतिस्पर्धामा पुग्न सफल भएकी छिन् ।
यूरोपको राजधानी मानिने बेल्जियम स्थित राष्ट्रीय स्तरको सोन्दर्य प्रतियोगिता आयोजना गर्ने सस्था मिस आईटम्सले हरेक बर्ष आयोजना गर्ने बिभिन्न बिधा अन्तर्गतको एक हो यो मिस फ्रुट बेल्जियम २०१३ उपाधीको सुन्दरी र सोन्दर्यता प्रतियोगिता।
अन्दाजी ८-९ हजारको सन्ख्यामा नेपाली बसोबास गर्ने सानो र सुन्दर तथा यूरोपेली समुदायकै आकर्षक गन्तब्य मुलुक बेल्जियममा अघिल्लो चरणको छ प्रतिस्पर्धीलाई उछिन्दै फुर्बा लामा शेर्पा फाईनल चरणमा प्रबेश गर्ने एकमात्र नेपालकी छोरी हुन । तसर्थ नया युबापुस्ताले फुर्बालाई निकै उत्साह र कौतुहलता का हेरेका छन भने नेपाली भएकै कारण पनि बेल्जियमभरका त्यो पुस्ताले नेपाल र नेपाली बारे झनै चासो राखेको पाईयो ।
क्याथोलिक बिद्यालय लुभेनका बिद्यार्थी केयमन कुनले यस समाचारदातासंग लुभेन सेन्ट्रुममा अगाडी सोधे ¨ तपाईं नेपाली हो ? मिस फ्रुट बेल्जियममा फाइनलमा रहेकी फुर्बा लामालाई चिन्नु हुन्छ ? नेपाल भन्ने देश कहाँ छ ? कस्तो छ ? ¨ आदि आदि… । यो प्रश्नको सामान्य उत्तर नदिदै म आँफै नेपाली भएकोले छाती फुलेर आयो ,उनको कुरा सुनेर गर्ब महसुस र गदगद हुँदै आफ्नो बाटो लागियो ; कारण उनै नेपालकी छोरी फुर्बा थिई न् ।
रामेछापको गुम्देल पुर्ख्यौली घर भएकी फुर्बा को बुवा सोनाम शेर्पा बेल्जियममा रहेको एक नामुद ब्यापारी र समाजसेवी हुन भने आमा र अन्य दिदिबहिनीका साथ लुभेनमा बस्ने उनी केसेल्लो स्थित सेन्त जोसेफ उच्छ बिद्यालयमा ११ कक्षामा अध्ययनरत छिन् ।
१७ बर्षकी फुर्बा छ बर्ष अघी मात्र नेपालबाट बेल्जियम प्रबेश गरेकी हुन तसर्थ हामीले सजिलै अनुमान गर्न सकिन्छ की छोटो समयको अन्तरालमा नै भाषामा पोख्त भएर पुरै बेल्जियमको राष्ट्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्नु र फाईनल चरणमा पुग्नु लुकेर बसेको प्रतिभा प्रष्फुटन हुने ठाउँ पाउनु पनि हो ।
बेल्गाकम फोनमा यस समाचारदातासँग कुरा गर्दै नेपाली प्रतिभा फुर्बा लामा शेर्पाले भनिन ¨नेपाल र नेपाली कै इज्ज्यत बढाउन लागि परेको छु भाग्यमै सबै कुरा निर्भर हुन्छ । नेपालबाट आएर निकै मेहेनत गरेकीछु म आफ्नो उदेश्यमा सफल भएको खण्डमा नेपालमा रहनुभएका असहाय र दुखी ब्रुद्धा तथा, अनाथ बाल- बालिकालाई हेरचाह र सहयोग गर्ने मन भित्र कै चाहना छ । यसको लागि नेपाल नै फर्कन तयार छु कालान्तरमा ।¨
समग्रमा मैले सफलता र जित हासिल गर्नु समग्र नेपाल र नेपाली कै नाम उचाईमा पुर्‍याउनु हो । त्यसको निम्ती मैले निकै मेहेनत गरेकी छु अब अनलाईन भोटिङ भने संसारभर रहनु भएका नेपालीहरूको हातमा निर्भर रहेको छ । तसर्थ नेपालको नाम चिनाउन सबैले मलाई मत दिनु होस फुर्बाले अगाडी आग्रह गरिन ।
मिस नेपाल जस्तै आयोजना हुने यो प्रतियोगिता गत सालको सेप्टेम्बर महिनाबाट प्रारम्भ भएको र प्रतियोगिताको बिभिन्न चरण पार गर्दै ८ माहिना पछी आगामी अप्रिल १४ मा सकिदै छ भने अनलाईन मत १० अप्रिल सम्म मात्र दिन सकिनेछ ।
आज सम्म भोटिङ नतिजाको आधारमा नेपाली चेली फुर्बा पाचौ स्थानमा रहेकी छिन् । उनिलाई यो अन्तिमा हप्तामा अनलाईन भोटिङको आवश्यकता रहेको र फाईनल चरण भएकोले हाम्रो १ भोटले बिजयी बन्न सक्ने छिन । आफ्नो करियर बनिसकेपछी समाजसेवा गर्ने तिब्र आकाङ्क्षा बोकेकी फुर्बाको जित नेपाल र नेपाली कै शान हुनेछ तसर्थ आफ्नो मूल्यवान भोट दिएर बिजयी बनाऔ ; नेपालीको शिर उच्च बनाऔ ।
भोट दिने तरिका :
PLEASE VOTE for Phurba Lama, Contestant number 9 CLICK here
www.missitems.be
Only 1 vote per pc
You can vote from wherever you’re.
POLLS > Click on Miss Fruit Belgium 2013
Type your Name and E-mail
You will see the photo’s of the contestants.
Click on contestant number 9 Phurba Lama
Click on STEM

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग