
काठमाडौं, २० चैत । आफ्नो क्रिकेट इतिहासमा नयाँ किर्तिमान रच्दै नेपाली क्रिकेट टिम पहिलो पटक एसीसी ट्वान्टी(२० कपको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताकै दाबेदार टिम मानिएको युएईलाई नेपालले ६ विकेटले पराजित गर्यो।अन्तिम १६ बलमा कप्तान पारस खड्का र विनोद भण्डारीको जोडीले राम्रो प्रदर्शन गरे भने प्रदीप ऐरीको सर्वाधिक ५८ रनको मद्धतले जितमा सहयोग पुर्याएको हो ।
त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। १३४ रनको लक्ष्य पछ्याएको नेपालले ५ बल अगावै लक्ष्य पूरा गर्यो। नेपालका लागि सुवास खकुरेल २२, ज्ञानेन्द्र मल्ल २० रन बनाए भने कप्तान पारस खड्का १२ र विनोद भण्डारी १६ रनमा अविजित रहे।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत
काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०
‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले
नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली