कैदीबीच झडप, नक्कली लुव्रिकेन्ट्स व्यापारी पक्राउ

२० चैत्र २०६९, मंगलवार १७:३५ मा प्रकाशित

काठमाडौं, २० चैत । नक्कली लुब्रिकेन्ट्स बिक्री गरेको ललितपुर उपमहानगरपालिका–१७ ग्वार्को बस्ने ४४ बर्षीय श्याम श्रेष्ठसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित श्रेष्ठले संचालन गरेको अलबेली ट्रेड नामक गोदाममा नक्कली क्यास्ट्रोल लगायतका विभिन्न प्रकारका लुव्रिकेन्ट्स खुल्ला ड्रमबाट प्याक गरेर बिक्री बितरण गरेको खबरका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले खानतलासी गरेको थियो । सो क्रममा क्यास्ट्रोल ५० लिटर, ग्रिज १० बट्टा, बा.८ च ६९८९ नम्वरको मारुती भ्यान र बा.३१ प ७६८३ नम्वरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, सप्तरीस्थित राजविराज कारागारमा डाँका मुद्दाका कैदी ज्ञानु राईलाई कारागारकै चौकीदारले आन्तरिक प्रशासनको नियम उलंघन गरेको भनी कुटपिट गरेको बिषयमा आपसमा झडप हुँदा ७ जना कैदी घाइते भएका छन् । घाइतेको सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा