काङ्ग्रेसको आमसभा आज जनकपुरमा

२१ चैत्र २०६८, मंगलवार ११:३३ मा प्रकाशित

जनकपुर, २१ चैत । नेपाली काङ्ग्रेसले आज जनकपुरमा आमसभा गर्दैछ । सभालाई पार्टीका सभापति सुशील कोइराला, उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रिय सदस्यहरु शेखर कोइराला, पदमनारायण चौधरी,सुजाता कोइराला लगायतका नेताहरुको सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस धनुषा सभापति एवम सभासद रामसरोज यादवलले जानकारी दिनुभयो । जनकपुरको तिरहुतिया गाछीमा दिउँसो १ बजेपछि सुरुहुने सम्मेलनमा धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका पार्टी कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहने बताइएको छ । आमसभाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।