गजल -मन गुरुङ ”माईला”

२० चैत्र २०६९, मंगलवार ०४:५४ मा प्रकाशित

छाक टार्न जमाएका दाना लुटिन बैगुनीले।

बल्लतल्ल भर्न लाको माना लुटिन बैगुनीले।

घामपानी हूरि छेक्न सानो मेरो झुप्रो थियो,
भित्ता भत्काइन हजुर छाना लुटिन बैगुनीले।

गुटमुटिएर हिँड्ने गर्थे फोहोरो थाङ्ना भित्र,
निर्बस्त्र पारि मलाई नाना लुटिन बैगुनीले।

उनि हिँड्ने बाटा भरि रातो गुलाब रोपेँको थेँ,
भाँची दिईन् प्रेमको निशाना लुटिन बैगुनीले।

उन्को मेरो प्रेमको भाका कोर्दै थिएँ कपि भरि,
शब्द शब्द छुट्याएर पाना लुटिन बैगुनीले।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा