
अमेरिका ,भर्जिनिया,,मार्च ३०, नेपाली बिद्यार्थीहरु अध्ययन गर्ने मध्ये कै ख्याती प्राप्त गर्न सकेको जर्ज मेसन बिश्वबिद्यालय ,भर्जिनियामा अध्ययनरत बिद्यार्थीहरुको तेश्रो बार्षिक सांस्कृतिक कार्यक्रम बिबिध कार्यक्रमको साथ आयोजना गरेका छन् l
टेस्ट अफ नेपाल अर्थात् नेपालको स्वाद अन्तर्गत नेपालका संस्कृति झल्किने ,नेपालका बिभिन्न जातजातिका भेषभुषा ,नृत्य,गीत ,र भेषभुषा प्रदर्शन गर्दै नेपालको परम्परा ,कला र संस्कृतिको प्रबर्धन गरिएको थियो lउक्त कार्यक्रममा उक्त बिश्वबिद्यालयका सल्लाहकारहरु डा रमेश पन्त तथा ब्यारी ह्याकले हर्ष व्यक्त गर्दै नेपाली बिद्यार्थीहरुको सरहना गरेका थिए l उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्मा प्रमुख आतिथ्य ग्रहण गर्दै आयोजकलाई धन्यबाद दिनु भएको थियो l
उक्त कार्यक्रममा वाशिंगटन डिसी वरीपरि बसोबास गर्ने नेपाली समुदाय तथा अभिभावकहरुको भिड रहेको थियो l उक्त कार्यक्रममा अर्चना मानन्धर ,धर्म जोशी तथा शिला चन्दले क्रमस उद्घोषण गएका थिए भने कार्यक्रमको अधक्ष्यता गर्नु भएकी समिक्षा सापकोटाले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन् l
प्रतिक्रिया
सम्बन्धित खवर
अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड
न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट
काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी
काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत