अपहृत तीन जनाको टोली मुक्त

२० चैत्र २०६९, मंगलवार ०१:४१ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, २० चैत । नेकपा–माओवादीले नुवाकोटको दुइपीपल गाँउ विकास समितिबाट नियन्त्रणमा लिएको फोटो सहितको मतदाता नामावली संकलक टोली मुक्त भएका छन् । आइतवार विहान खाने खाने समयमा छलफलको लागि भन्दै बोलाएर अपहरण गरेका तीन जनाको संकलक टोलीलाई नेपाल पत्रकार महासंघ नुवाकोटको रोहबरमा जिल्ला प्रशासन कार्यालयमा वुझाइएको हो ।
प्रशासनवाट निर्वाचन कार्यालय नुवाकोटका कार्यालय सहयोगी रमेश श्रेष्ठलाई तीनै जना बुझाइदिएको हो । क्षेत्र नं. १ मा रहेको दुइपीपल गाविस वडा नं ६ डवलीमा शनिवारदेखि फोटो सहितको मतदाता नामावली संकलनमा जुटेका मतदाता दुइपीपल गाविसका सचिव दिलबहादुर बोगटी, गाविसका कार्यालय सहायक पुरुषोत्तम लामिछाने र निर्वाचन आयोगका कम्युटर अप्रेटर बिनोद अधिकारीलाई पत्रकारको रोहबरमा निर्वाचन कार्यालयका प्रतिनिधि रमेश श्रेष्ठ समक्ष माओवादी कार्यकर्ताले मुक्त गरेका छन् ।
नेकपा माओवादी कार्यकर्ताले दुइपीपल गाविसमा शनिबारबाट सुरु भएको मतदाता संकलनको कार्य पहिलो दिन ९ जनाको संकलन पछि अबरोध गरिदिएको थियो । संकलन कार्य अबरुद्ध बनाएपछि छलफलको लागि भन्दै अपहरण गरेकोमा आफ्नो नियन्त्रणमा रहेका मतदाता नामावली संकलक टोलीका तीनै जनालाई माओवादी कार्यकर्ताले बुझाइदिएका थिए ।
नेकपा–माओवादी कार्यकर्ताहरुले जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकृत सविनराज ढकाललाई फोन गरेर आफ्नो मागहरुको सम्बोधन गर्न आग्रह गर्दै पत्रकारको रोहबरमा छोडिदिएको जानकारी गराएका हुन् । माओवादी कार्यत्रकर्ताले निर्वाचन प्रमुखलाई जिल्लाका अन्य स्थानमा भने नमावली संकलनको लागि केन्द्रीय स्तरमा राजनीतिक सहमति नभएसम्म चुनावी अभियानका कुनै कायै नगर्न आग्रह गरेका थिए ।
माओवादी कार्यकर्ताले जिम्मा लगाएका नामावली संकलक टोलीका सदस्यहरुलाई नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका अध्यक्ष राजुमित्र खनाल र सचिव कपिलदेब खनालले जिल्ला प्रशासन कार्यालय विदुर ल्याएर प्रमुख जिल्ला अधिकारी डुल्लुराज वस्नेतलाई बुझाउनुभएको थियो । प्रजिअ बस्नेतले माओवादीले नियन्त्रणमा लिएका मतदाता संकलक टोलीलाई मुक्त गराउन सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ नुवाकोटलाई धन्यवाद दिनुभएको छ ।
उहाँले दुइपीपलका गाविस सचिव दिलबहादुर बोगटीको कार्य शंकासस्पद देखिएकाले छानबिन गरिने पनि बताउनुभएको छ । गाविस सचिव बोगटीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ । माओवादीले संकलक टोलीहरुलाई नियन्त्रणमा लिएपनि जिल्ला निर्वाचन कार्यालय नुवाकोटले भने मतदाता संकलनको तेस्रो दिन आइतवारै अर्को टोली पठाएर नामावली संकलन कार्य पूरा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र