विशाक्त खानाको कारण एकै पटक ६० जना विरामी

२० चैत्र २०६९, मंगलवार ०१:४० मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, २० चैत । नुवाकोटको पुर्वि भेगमा रहेको क्षेत्र नं. १ स्थित सूर्यमति गाँउ बिकास समितिमा बिशाक्त खानाका कारण एकै पटक ६० जना भन्दा बढी मानिस बिरामी परेका छन । सोमवार स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको छ ।  सदरमुकाम विदुरदेखि २२ किलोमिटर पुर्वकोसूर्यमति गाविस वडा नं. ४ चौखुडा गाँउमा रहेको राईवस्तीमा तीन दिनदेखि फैलिएको विशाक्ति खानाको कारण एकैपटक ६० जना भन्दा वढि सर्वसाधारण विरामी परेपछि जिल्ला स्वास्थ्य कार्यालयवाट चिकित्सकसहितको टोली सो गाउंमा पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी डुल्लुराज वस्नेतले जानकारी दिनुभयो । गत शनिवार गाउंमा सन्सारी पूजा गरेपछि सामूहिक भोज खाएका १८ घर परिवार रहेका राई समुदायका सदस्यहरु त्यसै दिन बेलुका देखि बिरामी भएका हुन् । आइतवार वेलुकी गम्भीर रहेका २० जनालाई नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा ल्याएर उपचार गरिएको छ । वांकी रहेका ४० जनाको गाउंमै उपचार भइरहेको छ । प्रायजसो युवा र वृद्ध उमेर समूहका मानिसहरुमा झाडा वान्ता, पखाला लाग्ने तथा बेहोस नै हुने लक्ष्यण देखिएको छ । बिरामी भएका मध्ये केही मात्र उप–स्वास्थ्य चौकी सूर्यमतिमा जाँच गराउन गएका थिए । धेरै मानिस घरमै उपचार गराउन लागेकाले बिरामीको सङ्ख्या बढ्दै गएको र अबस्था गम्भीर बन्दै गएको पाइएको छ । स्थानीयवासीले बिरामीको उद्धारको लागि खबर गरेपछि प्रशासन कार्यालयको समन्वयमा नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले सूर्यमतीमा औषधीसहितको स्वास्थ्यकर्मीको टोली पठाएर विरामीहरुको उपचार सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम