नेपालगन्जमा एमालेको मध्यपश्चिम क्षेत्रस्तरीय जनसभा

२१ चैत्र २०६८, मंगलवार ११:३२ मा प्रकाशित

बाँके, २१ चैत । बाँकेको नेपालगन्जमा आजदेखि नेकपा एमालेले मध्यपश्चिम क्षेत्रस्तरीय जनसभा गर्दैछ ।  जनसभाको सबै तयारी पूरा भएको एमाले बाँकेले जनाएको छ । शान्ति र संविधान निर्माणमा दबाब दिने उद्देश्यले आयोजना गरेको जनसभाका लागि पाँच सयभन्दा धेरै युवा स्वयम्सेवक परिचालन गरेको बताइएको छ । मध्यान्ह् १२ बजेबाट सुरु हुने जनसभाअघि नेपालगन्जका विभिन्न आधा दर्जन स्थानबाट जुलुस निकाल्ने तयारी एमालेले गरेको छ ।  जनसभाका लागि बाँकेका गाउँगाउँमा मात्रै करिब चार सय सवारी साधन परिचालन गरिएको एमाले भेरी अञ्चल समन्वय कमिटी सदस्य एवं जनसभा स्वयंसेवक परिचालन प्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । सभालाई  एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस