भ्रष्टाचार लुकाउन जिविस कार्यालयमा बम विष्फोट

१९ चैत्र २०६९, सोमबार १८:५८ मा प्रकाशित

काठमाडौं, १९ चैत । चरम भ्रष्टाचार भएको आशंकामा अख्तियारले छानबिन गरी भ्रष्ट साति भएका कर्मचारीलाई उन्मुक्ति दिएको महिना दिन नबित्दै जिल्ला विकास समिति धनुषा कार्यालयमा बम विष्फोट गराइएको छ । जिविस कार्यालयको जिन्सी शाखा अगाडि अज्ञात व्यक्तिले राखेको बम सोमबार दिउँसो विष्फोट भएको हो । करिब ९० करोड भ्रष्टाचार गरिएको सम्बन्धी फाइल कर्मचारीहरुको समूहले बेपत्ता पार्न लागेको समाचार गत शनिबार मात्रै प्रकाशमा आएको थियो ।
यसैबीच सर्लाही हरिवन–४ निवासी खेमबहादुर सिंह र उदयपुर जिल्ला कटारीका भिमकुमार सुनुवारलाई प्रहरीले प्रतिवन्धित रक्त चन्दनसहित राजधानीबाट पक्राउ गरेको छ । गुहेश्वरी स्थित सार्वजनिक बाटोमा बा.१ ख ५७५९ नम्वरको महेन्द्र निशान गाडीमा माथिबाट बालुवा लोड गरी भित्र रक्तचन्दन लुकाएर राखेको अवस्थामा २ सय २६ के.जी.को ९ वटा गोलिया रक्त चन्दनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट