राजदूतावास भवन बेच्न नदिन गेसोले सर्वोच्चको ढोका घच्घच्यायो

१९ चैत्र २०६९, सोमबार १७:५० मा प्रकाशित

काठमाडौ, १९ चैत्र । बेलायतस्थित ऐतिहासिक नेपाली राजदूतावास भवन बेच्ने तयारी गरिएपछि त्यसको बिरोधमा भूतपूर्व गोर्खा सैनिकको संगठन गेसोले बिरोध जनाएँदै आएको छ । बिरोधका त्रममा उक्त भवन बेच्ने कार्य रोकी पाउँ भन्दै गसेले सर्वोच्च अदालतको ढोकासमेत घच्घच्याएको छ । गोरखा सैनिकहरुको उच्च सम्मान गर्दै बेलायतले निःशुल्क दिएको उक्त भवन बेच्न नदिन सर्वोच्चमा रिट हालेको गेसोले प्रेसविज्ञप्तिमार्फत् जनाएको छ । विज्ञप्तिमा जनाइएअनुसार गेसोका कोषाध्यक्ष जितबहादुर राईले गेसो सभापति पदमबहादुर गुरुङको अग्राधिकारसहितको रिट सोमबार सर्वोच्चमा दर्ता गरेका हुन् ।
गेसोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेलातस्थित दूतावास भवन बेच्न खोज्नु ६० हजार बढी पुर्खाहरुको अपमान, नेपाल र नेपालीको स्वाभिमानमाथिको प्रहार हो, पुर्खाहरुको बलिदानीको चिनोको भवन नेपाल सरकार वा कुनै पनि राजनैतिक दललाई बिक्री गर्ने कुनै अधिकार रहँदैन भन्ने हाम्रो जिकिर हो ।’ राजनैतिक दल, नेता र कर्मचारीहरुले कमिसनको लोभमा भवन बेच्न लागेको ठहर गर्दै गेसोले कमिसनका लागि नेपालको अमूल्य र ऐतिहासिक सम्पत्ति कुनै पनि हालतमा बिक्री गर्न नदिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४