चिनिया प्रतिनिधिमंडल राजनीतिक भेटघाटमा ब्यस्त

२१ चैत्र २०६८, मंगलवार ११:३० मा प्रकाशित

काठमाडौ, २१ चैत । नेपाल भ्रमणमा आएको चीनको नेसनल पिपल्स कङ्ग्रेस स्थायी समिति उपाध्यक्ष तथा अखिल चीन महिला महासङ्घका अध्यक्ष चेन जिलको नेतृत्वको टोलीले आज उच्चस्तरीय राजनीतिक भेटघाट सुरु गरेको छ । हिजो नेपाल आइपुगेको १६ सदस्यीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेको छ । सभाध्यक्ष नेम्वाङसँग टोलीले विहान भेटवार्ता गरेको छ । भेटको क्रममा संविधान निर्माण प्रक्रिया र संविधानसभाको काम कारवाहीको विषयमा जिज्ञासा राखेको थियो ।  त्यसैगरी आपसी सहयोगको विषयमा पनि छलफल भएको थियो । टोलीले आजै  प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेको छ । प्रधानमन्त्रीसँगको छलफलमा पनि शान्ति प्रक्रिया र संविधान निर्माणकै विषयमा छलफल केन्द्रित भएको थियो । टोलीले  आजै राजनीतिक दलका नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री र व्यवस्थापिका–संसदका महिला सदस्यसँग पनि महिलाको अवस्थाका बारेमा छलफल गरी दुवै मुलुकका महिलाबीच रहेको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा समेत छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल