
काठमाडौ, १९ चैत्र । निर्वाचनका लागि गठित रेग्मी सरकारको क्याबिनेटले गत शुक्रबार गरेको निर्णयका आधारमा पाँच दर्जन सहसचिवहरुलाई विभिन्न स्थानमा सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले २८ सहसचिवको सरुवा र ४२ को पदस्थापना गर्ने निर्णय गरेको थियो । त्यसैका आधारमा सामान्य प्रशासन मन्त्रालयले ती सहसचिवलाई पत्र दिई पदस्थापना र सरुवा भएको ठाउँमा पठाएको हो । नयाँ बढुवा भएका झन्डै आधालाई गृह मन्त्रालयमा पदस्थापन गरिएको बुझिएको छ ।
सामान्यप्रशासन मन्त्रालयका अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेललाई अर्थ मन्त्रालय, बाराका प्रजिअ कृष्णहरि पुष्कर कर्णलाई श्रम मन्त्रालय, महोत्तरीका प्रजिअ मधुसुदन बुर्लाकोटीलाई शान्ति मन्त्रालय, वन मन्त्रालयका एकनारायण अर्याललाई गृह, सार्वजनिक खरिद अनुगमन कार्यालयका मुकुन्दप्रकाश घिमिरेलाई वन मन्त्रालयमा सरुवा गरिएको छ भने
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पर्यटन मन्त्रालयमा पुर्याइएको छ । वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशक भने तोकिएको छैन ।
महालेखा नियन्त्रकको कार्यालयका सहसचिवद्वय सुरेश प्रधानलाई गरिबी निवारण मन्त्रालयमा, राजेन्द्र बज्राचार्यलाई लोकसेवा आयोगमा, सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका अनिलकुमार ठाकुरलाई गृहमा, भूमिसुधारका जितबहादुर थापा र गृहका चेतनाथ भट्टराईलाई उद्योग मन्त्रालय, गृहकै सुरेश अधिकारीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, सामान्य प्रशासन मन्त्रालयका वीरबहादुर राईलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । यस्तै, ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश पाउन लागेका र विदेशमा अध्ययनरत केही सहसचिवलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सारिएको छ । हालै बढुवा भएका सहसचिवहरू केशवराज घिमिरेलाई गृह, मुकुन्दराज पन्थीलाई सामान्य, उमाकान्त पराजुलीलाई सञ्चार, शंकरप्रसाद खरेललाई गृह, बालकृष्ण पन्थीलाई गृह, मोहनबहादुर चापागाईंलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, विनोदप्रकाश सिंहलाई वाणिज्य, गोपालकृष्ण खनाललाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, कृष्णप्रसाद पोखरेललाई अर्थ, भवानीप्रसाद पराजुलीलाई सूचना आयोग, रोहितकुमार भट्टराईलाई भूमिसुधार, एकमणि नेपाललाई गृह, जीवनप्रसाद ओलीलाई गृह, दिलबहादुर घिमिरेलाई गृह, दुर्गाप्रसाद पोखरेललाई गृह, प्रेमनारायण शर्मालाई लोकसेवा आयोग, नरेशकुमार चापागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, सूर्यकान्त पन्थीलाई रक्षा, विश्वनाथ शर्मा ढकाललाई रक्षा, डिल्लीप्रसाद शिवाकोटीलाई अर्थ, जीवराज कोइरालालाई वाणिज्य मन्त्रालय, गणेशप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको छ ।
यसैगरी नयाँ सहसचिवहरू परशुराम अर्याललाई गृह, चिरञ्जीवी भण्डारीलाई नेपाल ट्रस्टको कार्यालय, दिवाकर बाँस्तोलालाई लोकसेवा आयोग, लक्ष्मीशरण घिमिरेलाई शान्ति, रामाधीन यादवलाई गृह, कपिल डंगोललाई भूमिसुधार, धनबहादुर श्रेष्ठलाई श्रम, किरण शर्मालाई ऊर्जा, डिल्लीप्रसाद शर्मालाई शिक्षा, रामेश्वर दंगाललाई गृह, राजकुमार श्रेष्ठलाई गृह, हरिप्रसाद मैनालीलाई गृह, दीपक काफ्लेलाई गृह, डिल्ली घिमिरेलाई गृह, राधिका अर्याललाई विज्ञान, नारायणप्रसाद दवाडीलाई लोकसेवा आयोग, मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, घनश्याम उपाध्यायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रविलाल पन्तलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ । सरुवा र पदस्थापनाका क्रममा अर्थ मन्त्रालयमा चार जना नयाँ लगिएको छ भने दुई सहसचिव बाहिरिएका छन् । गृहका तीन प्रजिअसहित चार जना बाहिरिएका छन्, झन्डै दुई दर्जन नयाँ सहसचिव भित्रिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै
काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।
दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय