कार्यकर्ता रिहाईको माग गर्दै माओवादीले कर्मचारी लखेट्यो

१९ चैत्र २०६९, सोमबार ०९:२२ मा प्रकाशित

काठमाडौं, १९ चैत । सरकारले मतदाता नामावली संकलन टोलीको सुरक्षामा कडाई गरेको दाबी गरे पनि नेकपा-माओवादीका कार्यकर्ताले नामावली संकलक टोलीमाथि दुव्र्यबहार गर्ने क्रममा कमी आएको छैन । मतदाता नामावली संकलनका लागि काभ्रोको पोखरीचौरी गाविस पुगेको निर्वाचन कार्यालयको टोलीलाई आज बिहान काम माओवादीका कार्यकर्ताले गाविस कार्यालय प्रवेश गर्नै नदिई लखटेका छन् । स्थानीय माओवादीले आफ्ना साथीको रिहाईलाई शर्त बनाएर निर्वाचन आयोगका कर्मचारी लखेटेको बुझिएको छ ।
समाचारमा जनाइएअनुसार गत शुक्रबार काभ्रेकै श्यामपाटीमा निर्वाचन टोलीलाई अवरोध गर्दा समातिएका आफ्ना कार्यकर्ता दिप लामाको रिहाई नगरिएको भन्दै निर्वाचन टोलीलाई काम गर्न नदिईएको माओवादीका काभ्रे सेक्रेटरी दिपक देवकोटाले बताएका छन् । स्मरण रहोस्, नेकपा-माओवादीलगायतका ३३ दलको संयुक्त मोर्चाले आयोगका कर्मचारीलाई काम गर्न नदिने नीति बैठकबाटै पारित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ