रेग्मी र उप्रेती ‘चारदलका सिखण्डी’ भएको थापाको आरोप

१८ चैत्र २०६९, आईतवार २१:५४ मा प्रकाशित

काठमाडौं, १८ चैत । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन हुँदा निकै प्रसन्न देखिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा रेग्मी सरकारले निर्वाचनको मितिसम्म पनि तोक्न नसकेपछि निराशाका अभिव्यक्ति दिन थालेका छन् । नयाँ सरकार गठन भएदेखि मुलुक निर्वाचनमा होमिएको भन्दै ठाउँठाउँमा चुनावकेन्द्रित आमसभा गर्न भ्याएका थापाले आइतबार हेटौँडामा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा असारमा चुनाव हुने सम्भावना टरेको अभिव्यक्ति दिए । त्यति मात्र नभई उनले असारमा चुनाव नभए अब मंसिरमा पनि नहुने विश्लेषण आफूले गरेको बताए ।
चार राजनीतिक दलहरु वास्तविक रुपमा निर्वाचनको पक्षमा नरहेको आफूले महसुस गरेको बताउँदै अध्यक्ष थापाले चारदलका नेतृत्वहरु नै विस्तारै चुनावको बिरोधमा उत्रने भविष्यवाणी गरे । चुनाव नगराउनका लागि खिलराज रेग्मी र निलकण्ठ उप्रेतीलाई चारदलले सिखण्डीका रुपमा अघिसारेको आरोपसमेत थापाले लगाए ।
यसरी चुनाव नै नहुने परिस्थितिमा राप्रपा नेपालको भावी रणनीति के हुने भन्नेचाहिँ थापाले आमसभामा खुलाउन सकेनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको