बाटो छेकेर कर्मचारीको ल्यापटप लुट्ने प्रहरी नियन्त्रणमा

१८ चैत्र २०६९, आईतवार २१:३८ मा प्रकाशित

रुपन्देही, १८ चैत । मतदाता नामावली संकलनका लागि खटाइएको स्थानतर्फ जाँदै गरेको अवस्थामा यदुनाथ भण्डारी नामका कर्मचारीको हातबाट ल्यापटप लुट्ने तेजेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीको रुद्राक्ष गाविस निवासी भण्डारी मोटरसाइकलमा सवार भई आनन्दबन गाविसमा रहेको मतदाता नामावली संकलन केन्द्रतर्फ गइरहेको अवस्थामा बुटवल–१४ नयाँगाउँस्थित राजमार्गमा आइतबार बिहान लुटिएका थिए । उनलाई अल्फावेट नखुलेको ९२७४ नम्वरको मोटरसाइकलमा आएका तेजेन्द्र थापासमेतका ५/७ जनाको समूहले बाटो छेकी मोटरसाइकल रोकेर ल्यापटप लुटेका थिए । लुटेरा समूहका फरार अन्य व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।