कार्टरद्वारा निर्वाचन आयोगको प्रशंसा, निर्वाचन पर्यवेक्षण गर्ने कार्टर फाउण्डेशनको चाहना

१८ चैत्र २०६९, आईतवार २०:४८ मा प्रकाशित

रासस । काठमाडौं, १८ चैत । पूर्व अमेरिकी राष्ट्रपति तथा कार्टर सेन्टरका अध्यक्ष जिम्मी कार्टरले संविधान सभाको आगामी निर्वाचनको पर्यवेक्षण गर्न इच्छा व्यक्त गरेका छन्। निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले कार्टर सेन्टरमार्फत निर्वाचनको पर्यवेक्षणको लागि इच्छा जाहेर गरेका हुन्।
कार्टर सेन्टरले पहिलो संविधान सभाको निर्वाचनको समेत पर्यवेक्षण गरेको थियो। सेन्टरले विश्वका धेरै मुलुकमा निर्वाचनको पर्यवेक्षण गर्दैआएको छ। निर्वाचन आयोगका पदाधिकारीसँग कार्टरले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्न आफ्नोतर्फबाट पर्यवेक्षणका अतिरिक्त अन्य सहयोगसमेत उपलब्ध गराउनसक्ने वचन दिएका थिए।
मतदाता, नागरिक र मानवअधिकारप्रति सचेत रहेर निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐननियम संशोधनलगायत अन्य सुधारका कार्य थालेकामा उनले त्यसको प्रशंसा गरेका थिए। यस अतिरिक्त कार्टरले आगामी संविधान सभाको निर्वाचनमा पर्यवेक्षणका लागि सहभागी हुन इच्छा देखाएको प्रमुख आयुक्त निलकष्ठ उप्रतीले जानकारी दिए। अमेरिकी पूर्व राष्ट्रपति कार्टरले नेपाल र नेपाली जनताप्रति माया र सद्भाव राख्नुका साथै नेपालको शान्तिप्रक्रिया, संविधान सभामार्फत् संविधान लेख्ने प्रक्रिया र काम कारबाहीलाई नजिकबाट नियाल्दै आएका छन्। कार्टरको नेपाल आगमनसँगसँगै हुने उच्चस्तरीय राजनीतिक भेटघाटले चुनावी वातावरण बन्न सघाउ पुग्ने विश्वास गरिएको छ। कार्टर सेन्टर निर्वाचनको निष्पक्षताको लागि अनुगमन तथा पर्यवेक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण