माओवादीले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने

१८ चैत्र २०६९, आईतवार २०:४१ मा प्रकाशित

काठमाडौं, १८ चैत । प्रचण्ड, झलनाथ खनाललगायतका कतिपय शीर्ष नेताहरुले मुलुक निर्वाचनको दिशामा अघिबढेको दाबी गरिरहेका बेला नेकपा-माओावादीसहित ३३ साना दलको मोर्चाले चुनाव गर्न नदिने आधिकारिक निर्णय गरेका छन् । आइतबार बसेको मोर्चाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
वैद्यपक्षीय माओवादी नेतृत्वको संयुक्त मोर्चाले रेग्मी सरकारले गरेको वार्ताको आह्वानलाई वेतुकको बताउँदै हैसियत नभएको सरकारसँग वार्ता नगर्ने खरो जवाफ दिएको छ भने दलहरुले गर्ने भनेको चुनाव वास्तविक चुनाव नभई नौटंकी मात्रै भएको दाबी गरेको छ ।
वार्ता गर्नै परे राष्ट्रपतिसँग मात्र गर्ने निर्णय बैठकले गरेको माओवादी सचिव देव गुरुङले जनाए । अब मतदाता संकलनमा खटिएका कर्मचारीलाई आफूहरुले गएर अवरोध गर्न नपरोस् भन्ने हेतूले निर्वाचन आयोगमै गएर आयोग पदाधिकारीहरुसँग मतदाता नामावली संकलन प्रक्रिया रोक्न आग्रह गरिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र