राष्ट्रिय स्वयंसेवा अभियानबारे प्रधानमन्त्री चरणवद्ध छलफलमा

२१ चैत्र २०६८, मंगलवार ११:२७ मा प्रकाशित

काठमाडौ, २१ चैत । राष्ट्रिय स्वयंसेवा अभियानका विषयमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज चरणवद्ध छलफल गर्दै हुनुहुन्छ । दिउँसो २ बजे कालाकारहरुबाट सुरुहुने छलफल चारबजे सम्म जारी रहनेछ । राष्ट्रको विकास निर्माणमा स्वयंसेवक परिचालन गर्ने उद्देश्यले प्रधानमन्त्री भट्टराईले राष्ट्रिय स्वयंसेवा अभियानको घोषणा गर्नु भएको थियो । विद्यार्थी, राजनीतिक दलका कार्यकर्ता, शिक्षक, कलाकार, पत्रकार सबैलाई परिचालन गर्ने अभियानलाई सुझावका आधारमा अन्तिम रुप दिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । आज २ बजे कलाकार, त्यसपछि पत्रकार र ४ बजे राजनीतिक दलका नेतालाई छलफलका लागि बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।