असारमा चुनाव हुदैन: प्रचण्ड

१८ चैत्र २०६९, आईतवार २०:१८ मा प्रकाशित

काठमाडौं, १८ चैत । एमाओवादी अध्यक्ष प्रचण्डले असारमा संविधानसभा निर्वाचन नहुने बताएका छन् । एमाओवादी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा असारमा निर्वाचन नहुने भन्दै मंसिरका लागि तयारी गर्न एमाओवादी नेतृत्वलाई निर्देशन दिएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रावधिक कारणले पनि असारमा निर्वाचन हुन नसक्ने हुदा मंसिरमा हुने निर्वाचनका लागि तयारी अवस्थामा गर्न पार्टी नेतृत्वलाई निर्देशन दिएका थिए । दाहालले बैठकमा मतदाता नामावली, निर्वाचन क्षेत्र निर्धारण, मौसम लगायतका कारण निर्वाचन नहुने जानकारी दिएका थिए । ति नेताका अनुसार केन्द्रीय समितिलाई पूर्णता दिने, रिक्त पदाधिकारी, स्थायी समिति-पोलिटब्युरो गठन गरिसक्ने तथा विभाग-ब्युरो गठन गर्ने योजना बैठकमा प्रस्तुत गरेका थिए । आइतबारनै दाहालसंग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले भेट गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्