माओवादीद्वारा निर्वाचनका कर्मचारी अपहरित

१८ चैत्र २०६९, आईतवार ११:४३ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, १८ चैत । फोटोसहितको मतदाता नामावली संकलन कार्यमा अवरोध पुर्याउदै आएको नेकपा–माओवादीले आइतवार नुवाकोटमा फोटो सहितको मतदाता नामावली संकलनमा जुटेका तीन जना कर्मचारीलाई अपहरण गरेका छन् । जिल्ला प्रसासन कार्यालय नुवाकोटले यष्सको पुष्टि गरेको छ ।
क्षेत्र नं. १ मा रहेको दुइपीपल गाविस वडा नं ६ डवलीमा शनिवारदेखि फोटो सहितको मतदाता नामावली संकलनमा जुटेका जिल्ला निर्वाचन कार्यालय नुवाकोटका दिनेश अधिकारी, गाविस सचिव दिलवहादुर वोगटी र प्राविधिक सहायक पुरुषोत्तम लामिछानेलाई मोहन वैध नेतृत्वको नेकपा– माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी डुल्लुराज वस्नेतले वताउनुभयो । तीनै जनालाई माओवादी कार्यकर्ताले आइतवार विहान खाना खाने समयदेखि अपहरण गरेको प्रजिअ वस्नेतले वताउनुभयो । सो घटनाको थप पुष्टि गर्दै नेकपा–माओवादी नुवाकोटका सदस्य नारायण नेपालले फोटोसहितको मतदाता नामावलि संकलनमा खटिएका तीन जना कर्मचारी आफ्ना कार्यकर्ताको नियन्त्रणमा लिएको वताउनुभयो । नेकपा–माओवादीका कार्यकर्ताले केहि दिनदेखि नुवाकोटकै चतुराले गाँउ विकास समितिमा खटिएको फोटोसहितको मतदाता नामावली सङ्कलक टोलीको सामानहरू लुटेर लगेका थिए । चतुराले गाविस वडा नं. १ स्थित मङ्गलदाश श्रेष्ठको घरमा सुत्न लागेको समयमा ल्यापटप, किबोर्ड चार्जर, वेभ क्यामरा, फिङ्गर प्रिन्ट र निर्वाचनसँग सम्बन्धित कागजात लुटेर लगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि