बिग्रेका विद्यार्थी सुधार्न प्रहरी आफैंले क्लास लिने

१८ चैत्र २०६९, आईतवार ११:०७ मा प्रकाशित

काठमाडौं, १८ चैत । समाजमा विकृति बढाउने व्यवहार पछिल्लो पुस्ता र खासगरी स्कूले छात्रछात्रामा बढोत्तरी हुन थालेकोप्रति नेपाल प्रहरीले गम्भीरता देखाएको छ । लागूऔषधको कुलत, ग्याङ फाइट, साइबर क्राइम, यौनिक गतिविधिलगायत विद्यार्थीमा बढ्दो आपराधिक मनोवृत्तिबाट उनीहरुलाई कसरी बचाउने भन्ने विषयमा आगामी शैक्षिक सत्रदेखि प्रहरीले स्कूलमै पुगेर क्लास दिने भएको छ । आफैं स्कूल पुगेर विद्यार्थीलाई पढाउने भएपछि अवाञ्छित गतिविधिका कारण उत्पन्न बढ्दो सुरक्षा चुनौतीको सामना गर्न वातावरण बन्ने सोच प्रहरीले बनाएको बुझिएको छ । 
नयाँ शैक्षिक सत्र अर्थात् आगामी वैशाखदेखि स्कूलमा अडियो भिजुअल कक्षा सञ्चालन गरी उल्लेखित विधृतिबाट कसरी बच्ने भन्ने शिक्षा दिइने अवधारणा प्रहरीले बनाएको हो । विद्यालय क्षेत्रको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको ठहर गर्दै महानगरीय प्रहरी परिसर, काठमाडौंले विद्यालयमै गएर कक्षा लिने कार्यक्रम बनाएको परिसर प्रमुख एसएसपी रणबहादुर चन्दले जानकारी दिए । उनका अनुसार राजधानीका ठूला विद्यायालयका कक्षा ८ देखि १२ मा अध्ययनरत विद्यार्थीका कक्षाबाट अभियान सुरु गरिनेछ । पहिलो चरणमा उपत्यकाका एक सय स्कुल तथा कलेजमा कक्षा सञ्चालन हुनेछ भने अधिकृत स्तरका प्रहरी तथा विज्ञले दैनिक तीन घन्टा एक सातासम्म छनोटमा परेका शैक्षिक संस्थामा कक्षा लिनेछन्। पछि विस्तारै यो यो अवधारणा देशभरिका शैक्षिक संस्थामा विस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी