निर्वाचनलाई सघाउने भन्दै सशस्त्र समूहहरुले हतियार बुझाए

१८ चैत्र २०६९, आईतवार ०९:११ मा प्रकाशित

काठमाडौं, १८ चैत । पूर्वी तराईमा भूमिगत सशस्त्र मधेसी समूहहरुले बम विष्फोटलगायतका घटना घटाएर समाजमा त्रास फैलाउन थालेको बेला पश्चिम तराईमा सक्रिय रहेका केही सशस्त्र संगठनले दोस्रो संविधानसभा निर्वाचनलाई सघाउने भन्दै प्रशासन समक्ष हतियार बुझाउन सुरु गरेका छन् । बाँके र बर्दिया जिल्लामा भूमिगत संगठनका कमाण्डरहरुले जिल्ला प्रशासनसमक्ष हतियार बुझएका समाचार प्राप्त भएको छ । 
सरकारसँग वार्तामा सरिक रहेको जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका वार्ता टोली संयोजक मनोज मण्डलले शनिबार बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलाई प्रशासनमै पुगेर हतियार बुझाएका छन् । मण्डलले प्रशासनलाई बुझाएका हतियारहरुमा १७ थान नलकटुवा पेस्तोल, १६ थान सकेट बम, टाइमर घडी र टाइम बम ५, दुईवटा प्रेसर कुकर बम, बारुद २० किलो, एउटा अटोमेटिक पेस्तोल, हेण्ड ग्रिनेट पाँचवटा, एउटाभरुवा बन्दुक, बारबोरको कारतुस २१ थान, तार फ्युज आधा रोल र बाह्रबोर बन्दुक तीनथान रहेका छन् । यसैगरी बाँके प्रहरी प्रमुख भुपालकुमार भण्डारी, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रराज श्रेष्ठ, जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका सिकन्दर बागी बब्लु भन्ने सहबाज आलम खाँ, प्रह्लाद महरा (तुफान सिंह) र साजन मुकेरी उपस्थित रहेको हतियार हस्तान्तरण कार्यक्रममा तीनसय पन्ध्र बोर बन्दुक १ थान, तीनसय पन्ध्र नल कटुवा ८, छत्तिस ग्रिनेट १, खाली सकेट ७, डेटोनेटर ६, डाइनामाइट १, तीनसय र एसएलआरको गोली २७, बुलेट फुटेको गोली ३, इलेक्ट्रोनिक फ्ल्यास १, सेफ्टी फ्युज १२ र पेस्तोलको गोली तीन थान बुझाइएको बताइएको छ ।
यसैक्रममा तराई मुत्ति पार्टी भगत सिंह समुहले पनि जिल्ला प्रहरी कार्यालय बर्दियामा हतियार बुझाएका छन् । भगत सिंहले प्रहरी प्रशासनलाई बुझाएका हतियारमा १० थान पेस्तोल, १० वटा टाईमर घडि , ९ वटा सकेट बम, २ केजी बारुद आदि रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी धुब्रराज जोशी, प्रहरी प्रमुख सुरेशबिक्रम शाह ,सशस्त्र प्रहरी उपरिक्षक ऋषिदेब कार्की र भुमिगत समुहका वार्ता संयोजक मनोज मन्डल सो अवसरमा उपस्थित थिए ।
यसैगरी, दोस्रो संविधानसभाको निर्वाचनलाई सघाउने भन्दै कपिलवस्तु र रुपन्देहिमा पनि भूमिगत सशस्त्र समूहले प्रशासनमा हतियार बुझाएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना