सुकुम्बासी बस्तीबाट वैद्यले दिए चेतावनी

१८ चैत्र २०६९, आईतवार ०८:२७ मा प्रकाशित

काठमाडौं, १८ चैत । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिरलारज रेग्मीले वार्तामा आउन आह्वान गरेलगत्तै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले चारदलले गरेको निर्णय गलत भएकोले त्यो नसच्याएसम्म कसैसँग वार्ता नगर्ने प्रस्टिकरण दिएका छन् । कर्मचारीको नेतृत्वमा बनेको सरकार आफूहरुलाई अमान्य भएको अडान राख्दै आएको माओवादीले राजनीतिक दलहरुकै नेतृत्वमा सरकार बन्नुपर्ने माग तेस्र्याउँदै आएको छ । सोही कुरा शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा वैद्यले दोहोर्याए । भक्तपुरको मनोहरा सुकुम्बासी बस्तीमा  अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै वैद्यले यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने बताए ।
चार राजनीतिक शक्तिलाई सिण्डिकेटको संज्ञा दिँदै वैद्यले यतिबेला उनीहरुले लगाएको चुनावी रटान देखावटी भएको दाबी गरे । आफूहरु १० वर्ष क्रान्ति गरेर आएको शक्ति भएको उल्लेख गर्दै उनले माओवादी पार्टीलाई उपेक्षा गरे परिणाम भयंकर आउने चेतावनी दिए । आफ्नो पार्टीपार्टीसहितका दुईदर्जन दललाई निषेध गर्दै अन्तरिम संविधानको गलत ढङ्गले संशोधन गरेर प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनु नेपालको इतिहासमा अर्को ‘कू’ हो भन्ने कुरालाई वैद्यले विशेष जोड दिँदै पटक पटक उल्लेख गरेका थिए । चार दल र सरकारबीचको ११ बुँदे सहमति, बाधा अड्काउ फुकाउ प्रस्ताव र प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णय खारेज गरे मात्र आफूहरु वार्तामा बस्ने अडान दोहोर्‍याए पनि त्यसपछि कससँग वार्ता गरेर अघि बढ्ने भन्नेचाहिँ उनले प्रस्ट्एनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक