युएई भन्दै महिलाको कुवेत तस्करी

१८ चैत्र २०६९, आईतवार ०८:०८ मा प्रकाशित

काठमाडौं, १८ चैत । नेपालका म्यानपावर एजेन्सीहरु सेवामूलकभन्दा जसरी पनि पैसा कमाउने उद्देश्यले काम गरिरहेका छन् भन्ने कुराको उदाहरण अनगिन्ती छन् । त्यस्तै उदाहरणको पंक्तिमा नवलपरासीकी एक महिलाको प्रकरणसँग जोडिएर के एन्ड सी इन्टरनेसनल एजेन्सी नामक म्यानपावर कम्पनी पनि थपिएको छ । क्लिनर कामका लागि खाडीराष्ट्र युएई लैजाने भन्दै श्रम स्वीकृति लिइएकी नवलपरासीकी एक महिलालाई मानवतस्कर प्रयोग गरी कुवेत पुर्याएर हाउसमेडमा लगाएको र ती महिलाले अनेक शाररुरिक दुव्र्यवहार खेप्नु परेपछि कुवेतस्थि दूतावासले महिलालाई घर फर्काउन पहल सुरु गर्नुपरेको छ ।
यसरी उल्लेखित म्यानपावर एजेन्सीको कमाउने धन्दाको फन्दामा परेर दुःख पाएकी चेली नवलपरासीकी ३६ वर्षीया टीकामाया सारु मगर हुन् । पुलिस रिपोर्ट प्रमाणीकरणका क्रममा उनी कुवेतस्थित दूतावास पुग्दा सारु मानवतस्करीको जालमा फसेको पोल खुलेको बुझिएको छ । कुवेतस्थित श्रम सहचारी सिर्जना तिवारीले वैदेशिक रोजगार विभागलाई लेखेको पत्रअनुसार सारुलाई नेपाल फर्काउने तयारी भइरहेको छ भने सारुलाई झुक्याएर पठाउने के एन्ड सी म्यानपावरलाई मानव तस्करी अभियोगमा हदैसम्मको कारबाही गर्ने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय