रुपन्देही कांग्रेसले गाउँ जागरण अभियान सञ्चालन गर्ने

१७ चैत्र २०६९, शनिबार २१:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १७ चैत । खिलराज रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रिपरिषद निर्माण भएपछि निर्वाचन आयोगलाई चुनावको मिति घोषणा गर्न दबाव परिरहेकै बेला नेपाली कांग्रेस रुपन्देहीले चुनावलाई मध्येनजर गर्दै गाउँ जागरण अभियान सुरु गर्ने भएको छ । नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले गाउँ गाउँमा सभा गर्नका लागि क्षेत्र, नगर, गाउँ तथा वार्डहरुमा चुनावी सभा गर्नका लागि सम्बन्धित निकायलाई आगामी बैशाख १५ भित्र चुनावीसभा सम्पन्न गर्ने निर्देशन समेत गरिएको जिल्ला सचिव हिराबहादुर केसीले जानकारी दिए ।
त्यस्तै सुव्यबस्थित रुपमा संबिधानसभाको निर्वाचन सम्पन्न गर्नका लागि पार्टीले गाउँ गाउँमा जनजागरणका लागि जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालन गरिने प्रशिक्षक प्रशिक्षणमा पार्टीका अग्रज नेता, अग्रज पत्रकार, बुद्धिजिवी गरी करिव सय जनालाई प्रशिक्षण गरिने छ । सचिव केसीका अनुसार बैशाखको १५ सम्ममा गाउँ गाउँमा चुनावी सभा सम्पन्न गर्ने र सोही समय सम्ममा प्रशिक्षक प्रशिक्षण समेत सम्पन्न गरि त्यसलगत्तै संविधानसभाको निर्वाचनकेन्द्रीत कार्यक्रम लिएर गाउँ जाने रणनीति पार्टीले अख्तियार गरेको छ ।

नेवि संघमा प्रशिक्षण
नेपाल बिद्यार्थी संघ यज्ञोदय बहुमुखी क्याम्पस फसाटिकर इकाई समितिले संघमा आवद्ध सदस्यहरुका लागि एक कार्यक्रमका बिच प्रशिक्षण गरेको छ । संघका नीति, स्ववियू निर्वाचनमा अख्तियार गर्ने रणनीति, काम र कर्तव्यका बारेमा प्रशिक्षण गरिएको इकाई सभापति दिनेश गौडेलले बताए । कार्यक्रममा संघकी केन्द्रीय सदस्य जमुना ढकाल, जिल्ला सभापति प्रकाश राना, सचिव बिष्णु पोखरेल, क्षेत्र नं. ४ का सभापति केशव पाण्डे, तरुण दलका जिल्ला सदस्य पोषराज चापागाई, नारायण अर्याल लगायतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए । शंकरनगरस्थित बनबाटिकामा कार्यक्रमको आयोजना गरि बनभोजसंगै प्रशिक्षण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा