एसीसी ट्वान्टी-ट्वान्टी कप : मलेसिया संगको खेलमा नेपाल १९ रनले विजयी

१७ चैत्र २०६९, शनिबार १९:२५ मा प्रकाशित

काठमाडौं, १७ चैत । एसीसी ट्वान्टी ट्वान्टी कपको समूह चरणको आजको तेस्रो खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १६४ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला फिल्डिङ रोजेको मलेसिया ९ विकेटको क्षतिमा १४४ रनमै समेटियो । नेपालको राम्रो योगफल तयार गर्नको लागि म्यान अफ दि म्याच कप्तान पारस खड्काले ८७ रनको योगदान दिए ।आजको जितसँगै नेपालको सेमीफाइनलको सम्भावना बाँकी भएको छ । भोलि हुने सिंगापुरसँगको खेल नतिजा र अन्य समीकरणको आधारमा नेपालको दोस्रो चरणाको यात्रा तय हुनेछ । जितसँगै नेपालको चार अंक भएको छ । चारै खेल जितेको हङकङले समूह ए बाट सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि सञ्जम रेग्मी र पृथु बाँस्कोटाले २-२ विकेट लिए । नेपाल क्रिकेट एसोसिएसनले प्रतियोगितामा म्यान अफ दी म्यान भएका नेपाली खेलाडीलाई १० हजार नगद पुरस्कारवापत् दिने भएको छ । यसअघि माल्दिभ्सविरुद्ध भएको खेलमा म्याद अफ दि म्यान प्रदीप एैरी र आजको म्याचमा कप्तान खड्कालाई पुरस्कार दिइएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा