कार्टरले मन्त्रिपरिषद् अध्यक्षलाई भेटे, कार्टर सेन्टरले संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्ने

१७ चैत्र २०६९, शनिबार १९:१९ मा प्रकाशित

काठमाडौं, १७ चैत । नेपाल भ्रमणमा रहनु भएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग शनिबार भेट गरि संबिधान सभा निर्वाचन बारे अमेरिकी चासो ब्यक्त गर्नु भएको छ ।शनिबार बालुवाटारमा भएको भेटमा कार्टरले नेपालमा हुन गइरहेको संविधानसभाको निर्वाचनका बारेमा जिज्ञासा राख्नु भएको थियो ।

कार्टरले अध्यक्ष रेग्मी समक्ष आसन्न संविधानसभाको निर्वाचनको सुनिश्चितता, निर्वाचनको विरोध गरिरहेका हरुसँग सरकारले गर्न लागेको वार्ता, मतदाता नामावली सङ्कलनका क्रममा भएका अवरोध, सत्य निरुपण आयोगबारे छलफल भएको रेग्मीको निजी सचिवालयले जानकरी दिएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरसंगको भेटमा रेग्मीले सरकारले आन्दोलनरत पक्षहरुसँग वार्ता गर्न समिति गठन गरेको र विस्तारै वातावरण सहज हुँदै जाने विश्वास व्यक्त गरेका थिए भने केन्द्रीय स्तरमा वार्ता एवं छलफल र स्थानीय तहमा सुरक्षा प्रबन्ध सँगसँगै अघि बढाइने जानकारी गराउनु भएको थियो ।

जवाफमा अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले निर्वाचनमा सहयोग र पर्यवेक्षणका लागि कार्टर सेन्टर इच्छुक रहेको बताउनु भएको थियो । कार्टर सेन्टरले नेपालको संबिधान सभा निर्वाचन प्रक्रियामा सहयोग र पर्यवेक्षण गर्ने कार्टरको प्रस्तावको नेपाल सरकारको तर्फबाट अध्यक्ष रेग्मीले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट