शिक्षक संगठनको विस्तारित भेला

१७ चैत्र २०६९, शनिबार १७:५५ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, १७ चैत । परिवर्तित सन्दर्भलाई मध्यनजर गर्दै नेकपा एमालेसंग नजिक रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको विस्तारित भेला तथा अन्तरक्रिया शनिवार नुवाकोटको ऐतिहासिक त्रिशूलीमा सम्पन्न भएको छ । भेलाले देशमा नयां संविधान सभाको निर्वाचन मार्फत नयां संविधान जारी गराउनका लागी दलहरुलाई सहयोग पुर्याउने निर्णयसमेत पारित गरेको छ । भेलाको उद्घाटन गर्नु हुदै नेकपा एमाले पोलिटव्युरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली शिक्षकहरुले खेलेको भूमिकाको नेकपा एमालले उचित रुपमा सम्मान गरेको दावी गर्दै सदैव शिक्षकहरुको पेशागत एकता र हक हितका लागी आफ्नो दलले पुर्ण रुपमा सहयोग गरिरहने पनि स्पष्ट पार्नु भयो । नेपाली जनताको अधिकार माथि जुनसुकै शक्तिले धावा वोले पनि नेपाल राष्ट्रिय शिक्षक संगठनले सदा खवरदारी गर्नु नेता ज्ञवालीले आग्रह गर्नुभयो । संगठनकी अध्यक्ष पार्वती प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले विदेश विभाग सचिव केशव पाण्डे, संगठनका केन्द्रीय सदस्य शिव न्यौपाने, नेकपा एमाले वाग्मति अञ्चल सचिवालय सदस्य राजेन्द्रप्रकाश लोहनी, पुर्व सभासद गोविन्द नेपालीलगायतले शिक्षकहरुको हक अधिकारका वारेमा चर्चा गर्नु भएको थियो । भेलामा नुवाकोटमा कार्यरत एक हजार शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । साथै, संगठनको ११ औं जिल्ला अधिवेशन आगामी २०७० साल वैशाख २० र २१ गते नेकपा एमालेको वरिष्ठ नेता केपी शर्माओलीको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग