नेपाल भ्रमणमा रहेका युवा अमेरिकी राजनीतिज्ञहरुद्वारा चेलिबेटी बेचविखनबारे चासो

२१ चैत्र २०६८, मंगलवार ०२:५६ मा प्रकाशित

काठमाडौ, २० चैत । एक साता लामो नेपाल भ्रमणमा रहेका अमेरिकी युवा राजनीतिज्ञहरुको समुह प्रमुख राजनीतिज्ञ दल र सामाजिक क्षेत्रका अगुवाहरुसंगको भेटघाटमा व्यस्त रहेको छ । अमेरिकी युवा राजनीतिज्ञहरुको टोलीले सोमवार राष्ट्रपति डा.रामवरण यादव, निर्वाचन आयुक्त नीलकण्ठ उप्रेति, प्रधानसेनापति छत्रमान गुरुङ्गसंगको भेटघाट पछी विरगंज अवलोकन भ्रमणमा निस्केको थियो । अमेरिकाका मुख्य राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकका युवा नेता सम्मिलित ७ सदस्यीय प्रतिनिधिमण्डल शनिवार नेपाल भ्रमणमा आएको हो ।

भ्रमण वासिंटन डिसिस्थित युवा राजनीतिक नेताहरुको अमेरिकी परिषद र काठमाडौंस्थित टुडेज युथ एसियाले संयोजन गरेको हो । टोलीले नेपालमा सरकार, राजनीतिक दलका प्रमुखहरु, व्यवसायी, उद्यमी, किसान, स्वास्थ्यकर्मी, युवा वर्गसँग भेट्घाट गर्ने टुडेज युथ एसियाले बताएको छ । रिपब्लिकनका तर्फबाट अमेरिकी तल्लो सदनमा निर्वाचित सदस्य हवइ ह्यावर्डस्यको नेतृत्वमा रहेको टोलीले सोमबार विरगंजमा पुगी चेलिबेटी बेचविखन, लागूऔषध समस्यालगायतबारे सम्बद्ध निकायमा चासो राखेको थियो ।

टोलीसँगको भेटमा राष्ट्रपति यादवले संविधान बनाउने अन्तिम समय आउदा पनि दलहरुमा सहमतीमा नपुगेकोमा चिन्ता राखेका थिए ।

टुडेज युथ एसियाले युवा राजनीतिक नेतृत्वको भ्रमण आदानप्रदानले दुई देशबीचको आपसी समझदारी, सम्मान र मैत्रिपूर्ण सम्बन्ध अभिवृद्धि गर्नुको साथै आगामी पुस्ताको नेतृत्वबीच दिगो मित्रताका लागि समेत फलदायी हुने बताए । टोली यही २४ गते स्वदेश र्फकनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न