विरोधीसंग सार्थक सम्वाद जरुरीः ज्ञवाली

१७ चैत्र २०६९, शनिबार १७:४१ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, १७ चैत । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सरकारले विरोधी शक्तिसंग तत्काल सार्थक सम्वाद गरिनु पर्ने वताउनुभएको छ । संविधानका प्रावधानकावीच नयां सरकार वनेको दुई साता विति सकदा पनि निर्वाचनको वातावरण सिर्जना नहुनु दुःखद विषय भएका कारण सरकार यसतर्फ गम्भीर हुनु पर्ने नेता ज्ञवालीको भनाई छ । प्रेस चौतारी नुवाकोटले शनिवार नुवाकोटको विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले देशमा नयां सरकार गठन भएलगत्तै नेकपा–माओवादी र मधेशवादी दलहरुले विरोध गरिरहेका कारण सरकारले छिटो भन्दा छिटो सार्थक वार्ता गरेर देशमा नयां निर्वाचनको मिति तय गरिनु पर्ने ज्ञवालीले वताउनुभयो । उहाँले संविधान सभा निर्वाचन प्रयोजनको लागि गठन भएको वर्तमान सरकारलाई विवाद समाधान गरी असारभित्र निर्वाचनको मिति तोक्न आग्रह गर्नुभयो । वन्नै लागेको संविधानलाई एकल जातीयताको नारा ल्याएर सस्तो लोकप्रियता लिएको एकिकृत नेकपा माओवादीका कारण संविधान सभाको अवसान हुन पुगेको स्पष्ट पार्दै नेता ज्ञवालीले अव देशमा नेपाली जनताको सार्थक संविधान वनाउने दल र नेतालाई नेपाली नागरिकले विस्वास गर्ने उहाको भनाई रहेको छ । नेता ज्ञवालीले दलहरुले विरोध गर्दा देशमा समस्या परेको ठहर गर्दै अव सरकारले विरोधी दलहरुसंग सार्थक र निर्णायक वार्ता गरेर संविधानसभाको नया मिति सार्वजनिक गरिनु पर्ने स्पष्ट पार्नुभयो । नयां सरकार वनेको १७ दिन विति सक्दासमेत निर्वाचनको मिति घोषणा हुन नसक्नु देशमा विडम्वना भएको दावी गर्दै नेता ज्ञवालीले अव जतिसक्दो चांडो देशमा नयां निर्वाचनको विकल्प नरहेको कारण विवाद होइन, विवादको समाधान गरेर देशका सवै शक्तिहरु अगाडि वढ्नुको विकल्प नरहेको पनि वताउनुभयो । वर्तमान सरकारको एउटै उदेश्य देशमा संविधान सभाको निर्वाचन गराउनु भएको कारण सरकारले तत्काल निर्वाचन सम्वन्धि काम र मुलभूत विषयका विवादलाई टुङ्ग्याएर असारको पहिलो साता निर्वाचनको मिति तय गर्न आग्रह गर्नुभयो । यद्यपी, विविध कारण असारभित्रै देशमा निर्वाचन हुने सम्भावनाहरु क्षीण हुदै गएको नेता ज्ञवालीले खुलासा गर्नुभयो । नयां निर्वाचनमा कांग्रेसलगायतका दलहरुसंग नेकपा एमालेको मोर्चावन्दीको सम्भावनको वारेमा पत्रकारहरुको जिज्ञासामा नेता ज्ञवालीले अहिले नै यसको विषयमा हतार नभएको तर, सम्भावना हुन सक्ने वताउनुभयो । नेता ज्ञवालीले पार्टीको औपचारिक रुपमा गठबन्धनसंग तालमेल गर्ने निर्णय नभए पनि परिस्थिती तालमेलमा पुर्याउन सक्ने बताउनुभयो । नयां सरकारले असारभित्रै संविधानसभाको निर्वाचन नगराए राजनीतिक दलहरुले गरेको प्रयास निरर्थक हुने उहाँले बताउनुभयो । सरकारले नेकपा माओवादीसहित केही दलले गरेको विरोध, मतदाता नामावली संकलनमा अवरोधलगायतका विषयहरुमा तत्काल समाधान निकाल्नुपर्ने बताउनुभयो । सरकारले संविधासभाको मिति तय नगर्दा जनतामा भ्रम भइरहेको बताउँदै देखिएका विवाद तत्काल समाधान गरी निर्वाचनको प्रक्रियामा जानुपर्ने नेता ज्ञवालीको सुझाव थियो । साथै अवको निर्वाचनवाट देशमा उग्रवामपन्थ र क्षेत्रिय विखण्डन समाप्त हुने ठहर गर्दै नेता ज्ञवालीले त्यसको नेतृत्व नेपाली जनताको साथ लिएर नेकपा एमालेले गर्ने उहाको दावी छ । प्रेस चौतारी नुवाकोटका अध्यक्ष देवचन्द्र भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले वाग्मति अञ्चल सचिवालय सदस्य राजेन्द्रप्रकाश लोहनी, एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, पुर्व सभासद गोविन्द नेपाली, उपाध्यक्ष विन्दा ढुंगाना, सचिव वासुदेव कडुवाल, २ नं. क्षेत्रिय उपाध्यक्ष वद्री मैनालीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि