एमालेले संविधान बुझेकालाई मात्र टिकट दिने

१७ चैत्र २०६९, शनिबार १३:३८ मा प्रकाशित

काठमाडौं, १७ चैत । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी निर्वाचनमा जातिय राज्यको माग गरेर देशलाई बिखण्डनमा लैजानेहरुकाविरुद्ध आफ्नो पार्टीले लोकतान्त्रिक सोच भएका राजनीतिक दलदहरुसँग मोर्चाबन्दी गर्ने बताएका छन् । बहुपहिचानको आधारमा संघीयता, राष्ट्रिय एकता, सामाजिक सदभाव कायम राख्ने कुरामा समान धारणा भएका शक्तिहरुसँग चुनावमासँगै जानेबारे छलफल र वार्ता गर्ने नीति एमालेको रहेको प्रस्ट्याउँदै अध्यक्ष खनालले निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन कार्यमा तोडफोड र अवरोध श्रृजना गर्ने वैद्य माओवादीको कृयाकलाप दुःखद रहेको प्रतिक्रिया दिए ।
शनिबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खनालले निर्वाचनको विरुद्धमा रहेका दलदहरुसँग वार्ता गरी समाधान खोज्नुपर्ने सुझाव दिए । अहिले बिरोध गरे पनि विस्तारै निर्वाचनका लागि ती दलहरु तयार भएर आउने उनले दाबी पनि गरे । आगामी असारमै निर्वाचन हुनुपर्नेमा उनको जोड थियो ।
आगामी निर्वाचनमा एमालेले संविधानको महत्व बुझेको, विघटित संविधानसभामा उठेका मुद्दाहरुबारे ज्ञान भएको, मुलुकको समग्र विकास प्रकृयाको ज्ञानसँगै मुलुकलाई बिखण्डनबाट जोगाउन प्रतिवद्ध व्यक्ति छानेर टिकट दिने धारणा बनाएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग