तिब्बतको सुनखानी भासियो, ८० भन्दा बढी मजदूर पुरिएको आशंका

१७ चैत्र २०६९, शनिबार ११:०२ मा प्रकाशित

एजेन्सी, तिब्बतमा एक भयानक पहिरोमा ८० भन्दा बढी खानी–मजदूर पुरिएका छन् । चीनको सरकारी मिडिया सिन्ह्वाले जनाएअनुसार तिब्बतको राजधानी ल्हासानजिक एक सुन खानी रहेको स्थानमा ठूलो भूखण्ड नै दबेको छ जसमा प्रशस्त मजदूरका भुपडीहरु थिए । १५ सय फिट उचाईमा रहेको दुर्घटनास्थलमा एक हजारभन्दा बढी विपद व्यवस्थापन कार्यकर्ताहरु पठाइएको समाचारमा जनाइएको छ ।
चीनको सबैभन्दा ठूलो उक्त सुनखानीमा जम्मा दुई मजदूर तिब्बती भए पनि बाँकी सबै हान समूदायका रहेको बताइएको छ । चार वर्ग किलोमिटर एरिया पूरै भासिएकोले ठूलो संख्यामा मजदूरहरु पुरिएको आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ