असारमा निर्वाचनको सम्भावना क्षीण

१७ चैत्र २०६९, शनिबार १०:३५ मा प्रकाशित

काठमाडौं, १७ चैत । निर्वाचन गराउनकै लागि भनेर गठन गरिएको रेग्मी सरकारले सरकार गठनको अढाई साता बितिसक्दा पनि निर्वाचनको मिति घोषणा गर्न नसकेपछि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गराउन प्रमुख भूमिका निर्वाह गर्ने नेताहरु असन्तुष्ट बन्न थालेको बुझिएको छ । कतिपय नेतथाहरुले चियागफमा अर्काको आदेशमा काम गर्ने बानी परेका कर्मचारीको पोल्टामा सत्ता सुम्पिएर गल्ती गरिएको टिप्पणीसमेत गर्न थालेका छन् । त्यसरी सरकारको टिकाटिप्पणी गर्नेहरु अब दलीय संयन्त्रले नै राजनीतिक निर्णयहरु लिनुपर्ने राय प्रकट गर्नसमेत चुक्दैनन् ।
हुन पनि संविधानसभा चुनावको एक मात्र एजेन्डा बोकेर गठन भएको खिलराज रेग्मी नेतृत्वको सरकारलाई सजिलो होस् भनी संवैधानिक निकायमा पदपूर्ति गर्न राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाउ आदेशसमेत जारी भई निर्वाचन आयोगले पूर्णता पाइसकेको छ । तर चुनावी तिथिको साइत भने जुर्न सकेको छैन । तिथि घोषणामा भइरहेको यो ढिलाइले निर्वाचन आगामी असार कि मंसिरमा ? भन्ने अन्योल बढ्दै गएको छ भने संक्रमणकाल अझै लम्बिने सम्भावना देखिएको छ ।
राजनीतिक दलहरुबीच आगामी असार ७ भित्रै निर्वाचन गर्ने सहमति बनेको थियो, तर निर्वाचन आयोगले घुमाउरो भाषामा असारमा निर्वाचनका लागि समय कम हुने जनाएर तिहारपछि मात्रै सम्भव हुने संकेत गरिसकेको अवस्था छ भने रेग्मी सरकार पनि आलटाल गर्दै निर्वाचनलाई परसार्ने मानसिकतामै रहेको संकेतहरु मिल्न थालेका छन् । अहिलेसम्म पटक पटक बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको तिथिलाई एक पटक पनि प्राथमिक एजेन्डा बनाएर निर्णय गर्न नसकेबाट यसैको पुष्टि हुन्छ । यस हिसाबमा अब असारमा निर्वाचन हुने सम्भावना क्षीण मात्र होइन असम्भव जस्तै बनेर गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज (बिहीबार) बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ