आयोगसमक्ष एमालेले राख्यो ससिसिटिभीको माग

१७ चैत्र २०६९, शनिबार १०:०४ मा प्रकाशित

काठमाडौं, १७ चैत । सरकारले चुनावको तिथि तोक्न नसके पनि प्रमुख राजनीतिक दलहरुलाई भने चुनावी रन्कोले छोइसकेको छ । हरेक राजनीतिक मुद्दालाई नेताहरुले निर्वाचनसँग जोडेर व्याख्या विश्लेषण गर्ने र सरकारसँग राखिने मागहरु चुनावी दृष्टिकोणबाटै उनीहरुले प्रस्तुत गर्न थालेका छन् । यसै सन्दर्भमा नेकपा एमालेले आगामी निर्वाचनमा विद्युतीय मतदाता मेसिनको प्रयोग र मतदान केन्द्रमा सिसिटिभीको व्यवस्था हुनुपर्ने माग गरेको छ । यति मात्र नभई चुनावलाई निष्पक्ष बनाउनका लागि पूर्ववर्ति बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिको खारेजीलाई पनि अपरिहार्य शर्तका रुपमा एमालेले अघिसारेको छ । एमालेका केही नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर आफ्नो उक्त धारणा प्रस्तुत गरेका हुन् ।
एमाले स्थायी समितिको हालै सम्पन्न बैठकले गरेका निर्वाचनसम्बन्धी निर्णयहरु आयोगलाई जानकारी गराइएको नेता विष्णु पौडेलले जानकारी दिए । पूर्ववर्ति सरकारले योजना आयोग, गरिबी निवारण कोष लगायत सबै स्थानहरुमा गरेको राजनीतिक नियुक्तिहरुको खारेजी र ती स्थानहरुमा स्वतन्त्र एवं सक्षम व्यक्तिहरुको नियुक्ति, राष्ट्रको बजेटलाई राजनीतिक स्वार्थका निम्ति दुरुपयोग गर्नका लागि अघिल्लो सरकारद्वार घोषणा गरिएको कार्यक्रमहरुको खारेजी हुनुपर्छ भन्ने एमाले स्थायी समितिको निर्णय आफूहरुले आयोग पदाधिकारीहरुलाई अवगत गराएको उनले बताए ।
विशेषगरी निश्पक्ष निर्वाचनका लागि विद्युतीय मतदान मेसिनको प्रयोग अनिवार्य रहेको एमालेको धारणा रहेको छ । निर्वाचनमा हुनसक्ने धाँधली र अपराधहरुको निगरानीका लागि सबै मतदान केन्द्रमा सिसिटिभीको व्यवस्था गर्नुपर्ने एमालेको माग रहेको र सोही कुराको व्यवस्था गर्न समयमै निर्वाचन आयोगलाई सचेत गराइएको पौडेलले जनाए । आयोग पदाधिकारीहरुले एमालेको मागलाई सकारात्मक रुपमा लिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको