राप्रपा नेपालको खेलकुद सङ्घ गठन

१७ चैत्र २०६९, शनिबार ०९:२८ मा प्रकाशित

काठमाडौं, १७ चैत । फुटबलका पुराना गोलरक्षक लोकबहादुर शाहीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको खेलकुद सङ्गठन ‘राष्ट्रिय खेलकुद सङ्घ, नेपाल’को औपचारिक रूपमा गठन भएको छ । २४ सदस्यीय सङ्घमा विभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता रहेको छ । सङ्घको पाँच उपाध्यक्षमा प्रताप अधिकारी (ब्याडमिन्टन), मणि शाह, अजितराज भण्डारी र रमेश शाही (फुटबल) र सञ्जीवकुमार शर्मा कराते रहेका छन् । महासचिवमा फुटबलका गणेश पाण्डे रहेका छन् । यस्तै सदस्यहरूमा फुटबलका मुकेश शाही, राजेश मानन्धर, जीवन लामा, मृगेन्द्र मिश्र, राजुमान तुलाधर, रवि महत, राजेश हमाल, सन्त माझी र कुमार महर्जन, माउन्टेनियरिङका सुश्री सुस्मिता मास्के र भिभाश्वरी राई, भारोत्तोलनका अनील पिया, बास्केटबलका सिकेन्द्र महर्जन, करातेका गोपाल खड्का, क्योकुसिनका प्रेमबहादुर लामा र फिफा सहायक रेफ्री विना श्रेष्ठ रहेका छन् ।
सङ्घको सल्लाहकारमा दमन बस्नेत र ओलम्पियन बक्सिङ खेलाडी उमेश मास्के रहेका छन् । सङ्घलाई शुभकामना व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् खेलाडी कमल थापाले खेलमा मात्र अनुशासन र समावेशी भएकोप्रति औल्याउँदै हारलाई स्वीकार गर्न सक्ने क्षमता भएको कुरा व्यक्त गरेका थिए । रापप्रा नेपालले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको र राप्रपा नेपाल सरकारमा आएमा खेलकुदमा आमूल परिवर्तन हुने विश्वास दिलाउँदै उनले खेलाडी तथा खेलकर्मीलाई सङ्गठनमा आबद्ध हुन आह्वान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो