आदिवासीमा सुचीकृत गर्न खस–क्षत्रीको माग

१७ चैत्र २०६९, शनिबार ०९:०७ मा प्रकाशित

काठमाडौं, १७ चैत । खस–क्षत्रीसम्वद्ध नौ जातीय संगठनको संयूक्त मोर्चा ‘संयूक्त खस क्षत्री एकीकरण समन्वय समिति’ले खस क्षत्रीहरुलाई अन्यको सूचिबाट हटाएर आदिवासीमा सूचीकृत नगर्दासम्म संविधानसभाको दोस्रो निर्वाचन नगर्न चेतावनी दिएको छ । रातारात संविधान संसोधन गरेर प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउन सक्ने राजनीतिक दलहरुले सोही ढङ्गमा अध्यादेशमार्फत खस–क्षेत्रीहरुलाई तत्काल आदिवासीमा सूचीकृत गरेर मात्र निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गर्दै समितिका संयोजक मानबहादुर थापाले आफूहरुलाई आदिवासीमा सूचीकृत नगरी गरिएको निर्वाचन ६० लाखको संख्यामा रहेका क्षत्रीहरुले बहिस्कार गर्ने र निर्वाचन हुन समेत नदिने चेतावनी दिए । यस्तै, पूर्वसभासद एवम् समितिका सहसंयोजक डीवी कार्कीले राज्यले आफूहरुको मागप्रति बेवास्ता गरेर मुलुकलाई पुनः द्धन्द्धमा होम्ने षडयन्त्र गरेको भन्दै तत्काल आईएलओ १६९ अनुसार आफूहरुलाई आदीबासीमा सूचिकृत गर्न माग गरे ।
उक्त समन्वय समितिमा आदिवासी क्षत्री राष्ट्रिय प्रतिष्ठान नेपाल, क्षत्री समाज राष्ट्रिय महासंघ, क्षत्री समाज काठमाडौ, खस–क्षत्री एकता समाज, आदिवासी जनजाती खस क्षत्री एकता समाज विराटनगर, क्षत्री भातृत्व प्रवद्र्धन समाज, क्षत्री संरक्षण समाज, बृहद खस एकता मञ्च र क्षत्री समाज तनहुँ लगायतका संगठनहरु समावेश छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा